देशको पहाडी भू-भागका १/२ स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने



चैत्र २५ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ।

चैत्र २६ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

चैत्र २७ गते (बिहिबार)

दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघ-गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):-

देशको पहाडी भू-भागका १/२ स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्