बैशाख १ देखि दाङमा पनि कोरोनाको परिक्षण गरिने



काठमाण्डौँ, चैत्र २५
विश्वभर कोरोनाको महामारी आइरहेको बेला दाङमा कोरोना परिक्षण प्रयोगशाला स्थापना हुने भएको छ । त्यसका साथै सातै प्रदेशमा भने परिक्षण केन्द्रको स्थापना गरिसकिएको छ ।

कोरोनाको जोखिमबाट दाङलार्इ जोगाउन सतर्क रहेको दाङले कोरोनाको परिक्षणका लागि सुबिधासम्पन्न प्रयोगशालाको स्थापना गरि आगामी बैशाख १ गतेबाट यसलाई संचालनमा ल्याइने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

रिजालका अनुसार केही दिन अगाडी पाँच नम्बर प्रदेशको भैरहवामा प्रयोगशालाको स्थापना गरेको र दाङमा पनि यसको परिक्षण गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्थापना गरिने बताएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्