जनार्दनले भने दाङको विकासका लागि अपारलाई मतदान गर्नुस्



दिपक बोहरा,
दाङ , ११ मंसिर । माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले पश्चिम दाङको विकासका लागि अपारलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नु भएको छ । तुलसिपुर उपमहानरपालिका ३ डाँडाँ खुट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे नेता प्रभाकरले यस्तो वताउनु भएको हो । पार्टी भित्र आफ्नो र अपारको हैसिएत बराबर भएको वताउँदै ठाउँ पाए जनताका लागि अपारले काम गर्ने वताउँनुभयो । यस पालिको चुनावमा पश्चिम दाङको समग्र विकासको योजना सहित निर्वाचनमा होमिएको वताउँदै त्यसका लागि अपारलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।दीर्घ—कालिन योजना सहित उहाँ चुनावमा आउनु भएको छ उहाँलाई सहयोग गर्नुस् भन्नुभयो । युद्धकै पहिलो घाईते अपार भएको वताउँदै जनताका नेतालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्