चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ दुई दिनको पूर्वानुमान



काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले मौसम बदली भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भु(भाग, पुर्वी र मध्य पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान :

चैत्र २६ गते

दिउँसोः देशको पश्चिमी भू(भाग लगायत पूर्वी तथा मध्य पहाडी भू(भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पश्चिमी भु(भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू(भागको एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भू(भाग लगायत पश्चिमी पहाडी भू(भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

चैत्र २७ गते

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू(भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भु(भागका एक(दुई स्थानमा अपरान्ह पछि मेघ(गर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू(भागमा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्