गठवन्धनमा प्रवेशको लहर



 

सैघाली खबर
दाङ, ११ मंसिर । तुलसीपुर ३ डाडाखुट्टीका दुई दर्जन बढीले संयुक्त बामपन्थीमा प्रबेश गरेका छन् । सोमबार त्यहाँ भएको चुनाबी सभाका क्रममा काग्रेस र बिपलव परित्याग गरि दुई दर्जन बढी कार्यकर्ता संयुक्त बामगठबन्धनमा प्रबेश गरेका हुन् ।

संयुक्त बामगठबन्धनले देशभर बिजय हाँसिल गर्ने र दःखी गरिबको न्याय गर्ने भन्दै बामगठबन्धनमा प्रबेश गरेको उनीहरुको भनाई छ । प्रबेश गर्नेहरुमा सुरेश राणा, अम्मर बहादुर वली, बुद्धी खड्का, बुद्धिराम राणा, चित्र बहादुर वली, तारा बहादुर केसी, भगवती पुन, रामकली बुढा, लोकराज घिमिरे, मनिसा घिमिरे, माया जैसवाललगायत रहेका छन् ।

नबप्रबेसीहरुलाई माओवादी केन्द्रका प्रभावसाली नेता तथा पुर्ब गृहमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ बामगठबन्धनका उम्मेदवार हिरा चन्द्र केसी, जगप्रसाद शर्मा ‘अपार’लगायतले स्वागत गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्