जनार्दनले भने ‘पार्टीमा अपार र मेरो हैसियत एउटै हो ’



दिपक बोहरा, तुलसीपुर १२ मंसिर ।
माओवादी केन्द्रका प्रभाबशाली नेता जनार्दन शर्मा‘प्रभाकर’ले पार्टी भित्र दाङ क्षेत्र नंं. ३ को प्रदेश सभा १ का उम्मेदवार जग प्रसाद शर्मा‘अपार’ र आफ्नो हैसियत एउटै भएको बताएका छन् । आफुपनि पार्टीको स्थायी कमिटि ( पार्टीको उच्च तहको नेतृत्व ) सदस्य र अपार पनि स्थायी कमिटि सदस्य भएको बताएका छन् ।

अपारले र आफुले संगै पार्टीको राजनीति शुरु गरेको उनको भनाई छ । अपारको पार्टी भित्रको स्थायीकमिटि सदस्य रहेपनि अहिले सम्म कुनै अबशर नपाएको बताए । ‘पार्टी भित्र अपारको र मेरो हैसियत एउटै हो’ उनले भने ‘ मैले अबशर पाएर अहिले आम देशबासीको जनार्दन भएको छु ’ तर अपारले काम गर्न अबशर नपाएर पछाडि पर्नु भएको छ ।’

संगै राजनीतिमा लागेका र अपारको हैसियतका सबैले बिभिन्नि क्षेत्रमा अबशर पाएपनि अपारले भने अहिले मात्रै प्रदेश सभा सदस्यमा उम्मेदवार बन्ने अबशर पाएको बताए । उत्कृष्ठ भिजन, सैद्धान्ति ज्ञान, ईमान्दार, स्वच्छ छबि भएका नेताको रुपमा पार्टीभित्र स्थापित भएका अपार जनयुद्ध कालमा बिभिन्न मोर्चाको देशका बिभिन्न ठाउको नेतृत्व गरे । त्यसै युद्धकै क्रममा अपार पहिलो घाईते भए । आँखामा गोलीका छर्राले लाग्दा उनको दायाँ आँखा गुमेको छ । अपारको सम्पतिको नाममा तुलसीपुर १२ को कपडादेवीमा एक तले घर बाहेक अरु नरहेको उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्