कराेड भन्दा कमको कुरा नगर्ने श्रम मन्त्री कहाँ छ्न



लामो समय मलेसिया रोजगारी बन्द हुदा करिब १ लाख नेपाली युवाहरुले मलेसिया रोजगारी गुमाए भन्ने आवाज उठे।मलेसिया कामदार पठाउन नपाएको कारण करिब ५ सय म्यानपावर व्यावसायि धरासायी बन्दै गयो , संघको अध्यक्षको हैसियतले व्यावसायि साथीहरू मलेसिया रोजगारी खोल्न मन्त्रीलाई मनाउन म सग गुनासो र अनुरोध गर्नु स्वभाबिक थियो ।मलेसिया जान बन्चित कामदार समेत मलाई फोन गरेर पिडा पोख्न थाले ।केही व्यावसायि दुई प्याक लगाएर मुख सम्म छोड्न लागे, मतलब दबाब माथि दबाबले स्थिती भयवह बन्दै गयो।मलेसिया भिसा प्रोसेसिङको नाउँमा स्थापना गरिएका विभिन्न सस्थाहरुले नेपाली कामदार लाई आर्थिक भार पार्नुको कारण ती सस्था बन्द हुनुपर्ने संघको माग थियो र सो बमोजिम श्रम मन्त्रीले ती सस्थाहरुको खारेजीको घोषणा गर्दै मलेसिया रोजगारी बन्द गरे।
४ महिना पश्चात् दुई देश बिच एम ओ यु गर्ने स्थिती बन्यो, एम.ओ.यु गर्ने बाताबरण बनाउन वैदेशिक रोजगार व्यावसायि संघको सहयोग रह्यो र यो बिसय मन्त्री र मन्त्रालय सचिब पनि जानकार थिए । दुई देश बिच एम.ओ.यु भइ निशुल्क नेपाली कामदार मलेसिया जान पाउने स्थिति बन्यो तर महिनाै सम्म पनि मलेसिया रोजगारी खुला गरिएन ।श्रम मन्त्रीको बिरुद्ध संघले आवाज उठाउनु पर्ने स्थिती सृजना भयो । निशुल्क मलेसिया जान पाउने अबस्थामा मलेसिया रोजगारी बन्द गर्न हुदैन भनेर संघले मन्त्रीलाइ लिखित र मिडिया मार्फत दबाब दिन शुरु गर्‍यो । मलेसिया रोजगारी पुरानो भेंनडर परिबर्तन नगरी शुरु गर्न नहुने लाइनमा मन्त्रीलाई भ्रममा पारेर केहि ब्यक्ति जाल बुन्न थाले ।श्रम मन्त्री सग मेरो दुरि बढाउन कस्सिएर लागे ।बिस्तारै मन्त्री सग फोन सम्बाद कम हुन थाल्यो । सम्बन्ध चिसिदै र तिक्तता बढदै गयो। ५ सय व्यावसायि र लाखाै बेरोजगार युवाको अनुरोध र दबाबलाई उर्जामा परिणत गर्दै मिडिया मार्फत हंगाामा हुँदै गएपछी सम्माननिय प्रधानमन्त्री सम्म चासोको विषय बन्यो। प्रधानमन्त्रीको निजि सचिवालय बाट १ बजे बालुवाटारमा बोलावट भयो।सम्माननिय प्रधानमन्त्री सग मलेसिया रोजगारीको सम्पुर्ण बेलि बिस्तार सहित रोक्नु पर्ने कारण नरहेको कुरा राखें।प्रधानमन्त्री सगको मेरो भेट्मा इरर्स्या लागेर केही ब्यक्ति मन्त्रीलाई कुरा लगाउदै उचाल्न थाले, एउटै पार्टीको नभएको भए थुन्ने थिएँ भन्ने शब्द सम्म प्रयोग गर्न मन्त्रीलाई उचाले। तर मैले एउटै प्रश्न दोहोर्‍याइ रहें , एम.ओ.यु मा निशुल्क कामदार लिन मलेसिया तयार भए पछी किन मलेसिया नखोल्ने ? उपयुक्त जवाफ व्यावसायिलाई मैले दिनुपर्छ ।श्रम मन्त्रीकाे जवाफ थियो टेक्निकल टिमले टुंगोमा पुरर्याउनु पर्ने बिसय अझ बाकी छ ।के टेक्निकल कुरा बाकी थियो न त मन्त्रीले भन्नू भयो न त मन्त्रीलाई उचाल्ने ती ब्यक्तिहरुले भन्न खोजे ।
पुरानो भेंनडर जो कारबाहीमा परेका थिए ऊनीहरु मलेसिया रोजगारी छिटो खुलोस भन्ने चाहान्थे किनकी रोजगारी छिटो खुल्दा ऊनीहरु बिरुद्ध अदालतमा बिचारधिन मुद्दा कम्जोर हुने थियो । यता ५ सय व्यावसायि र तिनका हजारौं कर्मचारी ठुलो समस्यामा परेको कारण मलेसिया खोल्न दबाब सृजना गर्न संघ बाध्य थियो।
पुरानो भेंनडर र संघ मलेसिया छिटो खोल्नु पर्‍यो भनेर मन्त्री लाई दबाब दिन लाग्नु आ-आफ्नो बाध्यता र संयोग मात्र थियो तर पुरानो भेंनडर बाट मैले आर्थिक लाभ लिएर मलेसिया खोल्न दबाब दिएको भन्ने गलत कुरा मन्त्रीकोमा भेंनडर परिबर्तन नगरी मलेसिया खोल्न हुन्न भन्ने ब्यक्तिले कुरा लगाए ।भेंनडरको मालिक को हुने ?को नहुने ? बिसयमा हाम्रो लडाइँ थिएन। ६-७ महिना मन्त्री र संसदिय समिती भित्र राम्रो स्थान भएका पावरवाला ब्यक्तीहरु सग मलेसिया रोजगारीको बिसयमा मतभेद भै रह्यो । मलाई पाखा लगाउन कम्मर कसेर केही ब्यक्तिहरु लागे साथीहरू लाई बोलाउदै मेरो बिरुद्धमा लाग्न ठुलै कसरत गरे तर व्यावसायिको पक्षमा बोलिरहेको मेरो बिरुद्ध केही गर्न सकेनन् ।
धराैटि वृद्धिको बिसयलाई द्रुत गतिमा मन्त्रीले अगाडि बढाएको खबर आयो ।६ करोड धराैटि भन्ने कुरा सुनिए पछी असहमति राख्दै मन्त्रीलाई धेरै कन्भिन्स गर्ने प्रयास भए,छलफल माथी पुनः छलफलहरु भए ।अन्तिममा सेवा शुल्क परिमार्जन गर्ने हो भने केही रकम वृद्धि गर्न कार्यसमिति सग छलफल गरेर भोलि फेरि मन्त्री सग बस्ने कुरा भयो। सेवा शुल्क परिमार्जन गर्नु पर्ने र ब्याज पाउने शर्तमा बैंक ग्यारेन्टी सहित बढीमा दुई करोड सम्म सहमती जनाउने र थप धराैटि राख्न १ बर्षको समय दिनुपर्ने बिसयमा संघ कार्यसमितीले मलाई अगाडि बढन सहमति दियो।केही व्यावसायिक नेताहरुलाइ राती कार्यसमितीले शर्त सहित २ करोडको सहमती गरेको कुरा सुनाएं तर भोलिपल्ट बिहानै सामाजिक संजालमा व्यावसायिले संघको चर्को बिरोध गरे पछी कार्यसमितीले गरेको निर्णय निर्णय लिएर मन्त्रीलाई भेट्न मन्त्रालय जान सकिएन ।
भोलिपल्ट धराैटि ६ करोडको निर्णय बिधेयक मार्फत पास गराउन फाइल लिएर मन्त्री क्याबिनेट पुगेको थाहा भयो।करिब १ हप्ता क्याबिनेटमा धराैटि वृद्धिको प्रस्तावमा छलफल हुन नसकेको खबर आयो। यता संघले २ करोड धराैटि बनाउने निर्णय गर्‍यो भनेर व्यावसायिलाइ बिरोधमा उफ्रन र उफार्न थाले ।एकान्तमा दुइ करोड होइन तीन करोड सम्म भए पनि हुन्छ भन्ने अनि सामाजिक संजाल र मिडियामा संघ कार्यसमितीको बिरोध गर्ने केही व्यावसायिको दोहोरो चरित्र हेर्न बाध्य भइयो। तिनका मुकुन्डाे उतार्ने इच्छा हुँदा हुँदै पदिय हिसाबले माैन बस्नु सिवाय म सग विकल्प थिएन ।

मलेसिया रोजगारी र धराैटिकाे बिसयमा व्यावसायिहरु एक ठाउमा उभिन नसकी रहेकोे देखे पछी मेरो परिवारले मलाई संघबाट निस्कन दबाब दियो  रोहन गुरुङ  आफ्नो फेसबुक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्