दाङमा पनि पुत्ला दहन



जेष्ठ २१ दाङ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेको भातृ संगठनहरुको देशव्यापी रुपमा विरोध संगै दाङमा पुत्ला दहन गरिएको छ ।

putla 2

अनेरास्वविय दाङले आईतवार निर्वाचन आयोग निर्णयको विरोध जनाउदै प्रमु्ख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको पुल्ता दहन गरेको हो । घोराहीको तुलसीपुर चोकमा निर्वाचन आयोगको उक्त निर्णय प्रति कडा विरोध जनाउदै प्रम्ुख निर्वाचन आयुक्त यादवको पुल्ता जलाएको हो । पुत्ला दहन पछि विरोध सभा लाई सम्वोधन गर्दै अनेरास्वविय दाङका सर्जन परियारले निर्वाचन आयोगको उक्त निर्णयले जनताको मताधिकार लाई वर्खिलाप गरेका आरोप लगाए । उनले भने ‘पुन मतदान होईन , रोकीएको मतदान पुनः गणना सुरु गरिनु पर्छ । ’ होईन भने अनेरास्ववियु जस्तो सुकै आन्दोलन गर्न सक्ने चेतावनी दिए । कार्यक्रममा चन्द्र भण्डारी ,निजर डिसी लगाएतकाले उक्त निर्णयको कडा भ्रतसना गरेका थिए । अनेरास्ववियु दाङका अध्यक्ष विरवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण ईन्द्र खड्काले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्