वम विस्फोटप्रति कांग्रेसद्धारा दुख व्यक्त



सैघाली खबर,
तुल्सीपुर, १३ मंसिर ।।
तुल्सीपुरमा भएको बम विस्पोर्टको घनटना प्रति नेपाली कांग्रेस दाङले दुख व्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति कृति वहादुर खड्का र सचिव शंकर डांगीले एक विज्ञप्ती जारि गरि मंगलवार भएको बम विस्पोर्टमा परि नेपाली कांग्रेसले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभाका सहभागि तथा म्यादि प्रहरीहरुलाई लक्षीत गरि बम विस्पोर्ट गराईएकोप्रति दुख व्यक्त गर्नुभएको हो ।

मंगलवार तुल्सीपुर स्थीत सभा स्थल नजिक भएको बम विस्पोर्टमा परि म्यादी प्रहरी तुल्सीपुर १२ निवासी विनोद चौधरीको मृत्यु भएकोमा चौधरीप्रति श्रद्धाञ्जिली अर्पन गर्दै घाईतेहरुप्रति समवेदना प्रटक गर्दछौं, कांग्रेसद्धारा जारि विज्ञप्तीमा भनिएको छ । घटनामा परि अन्य ८ जना घाईते भएका छन् । घाईते मध्ये अन्य ३ जनाको कोहलपुरमा उपचार भईरहेको जनाईएको छ ।

विज्ञप्तीमा घाईतेहरुको प्रभावकारी उपचारका लागी सम्वन्धीत निकायलाई आग्रह समेत गरिएको छ । यसैविच घटना लगत्तै कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले अञ्चल अस्पताल तुल्सीपुरमा पुगी घटनामा परि घाईते भएकाहरुको स्वास्थ्य अवश्था वारे जानकारी लिनुभएको थियो । गिरीले घाईतेहरुको प्रभावकारी उपचारका लागी सरकार लगायत सम्वन्धीत निकायलाई जानकारी गराएको वताउनु भयो ।

साथै उहांले प्रहरी अधिकृतहरुसंग भेट गरि घटनामा संलग्नहरुको तत्काल खोजि गरि कानुनी कारवाहि गर्न ध्यानाकर्षण गराउनु भएको थियो । साथै उहांले घाईतेहरुको उपचार तथा राहतका लागी सरकारलाई भनिसकेको समेत वताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्