माओवादी केन्दद्धारा बम आक्रमणमा परि निधन भएका चौधरीलाई शहीद घोषणा गर्न माग



सैघाली खबर

दाङ, मंसिर १३ । नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर बम आक्रमणबाट निधन भएका म्यादी प्रहरी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रले बम आक्रमणबाट निधन भएका चौधरीलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

पार्टीका जिल्ला इन्चार्ज जीवन गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई तत्काल कार्बाही गर्न पनि माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ– निर्वाचन विथोल्ने नाममा सर्वसाधारणमाथि बम आक्रमण गर्नु कुनै पनि हिसाबले राजनीतिक हुन सक्दैन । त्यसैले यस्ता अराजनीतिक र अराजक क्रियाकलाप छोडेर राजनीतिक संस्कारमा आउन हाम्रो पार्टी सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।’

साथै विज्ञप्तीमा बम आक्रमणबाट घाइते भई उपचारको क्रममा निधन भएका तुलसीपुर–१८ का म्यादी प्रहरी विनोद चौधरीप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै उक्त घटनामा परी घाइते हुने अन्य सर्वसाधारणको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका विशेष ध्यान दिन अस्पताल तथा सम्बन्धित पक्षसँग आग्रह गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्