पैदल यात्रुलाई नास्ता र पिउने पानी-लमही खानेपानी संस्था




टेकबहादुर पुन/दाङ्ग
लमही खानेपानी उपभोक्ता तथा सर सफाइ संस्थाले पैदल यात्रु लाई नास्ता र पानी खुवाउने भएको छ ।

देशका विभिन्न ठाउँबाट पैदल लमही अाईपुग्ने यात्रुलाई राहात मिलोस् भन्दै लमही खानेपानीले नास्ता र पानीको ब्यबस्था मिलाएको सँस्थाका सचिब सनम पौडेलले जानकारी दिए । पैशा भएरपनि पानी र नास्ता किनेर खान नसक्ने पिडाबाट थलिएका पैदल यात्रुलाई सँस्थाले अाफ्नै खर्चमा नास्ता र पानी खुवाउन थालेको छ । शुक्रबार मात्रै करिब ८० जना पैदल यात्रुहरुलाई नास्ता र पानी खुवाईएको छ ।

लमही नगर अन्तरगतका अर्नहवा, अर्जुन खोला र शिव खोलामा नास्ता र खानेपानीको ब्यबस्था मिलाईएको हो । चर्को धुपमा घर पुग्ने अठोटका साथ पैदल हिँडेका यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले यस्तो कदम चालिएको सचिब पौडेलले बताए । देशमा लक-डाउन रहुञ्जेल यो कार्य जारी रहने सँस्थाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्