हिँसा पिडित महिला भन्छन् अब कहाँ जाउँ



गिरिराज नेपाली
दाङ, १४ मंसिर । ‘दुवैको मायाप्रेमको हिमचिमले भागी विवाह ग¥यौ । ’ विहे गरेको ४÷६ महिना राम्रै भयो । त्यस पछि उहाँ गर्वास्थामै एकाएक गायव हुनुभयो । म केही सोच्नै सकिन, घरमा बसौ श्रीमान छैन । माईतमा जाऔ गर्भवती छु । पछि परिवारकै सल्लाहमा उहाँ जापान पुगेको खबर पाए । अहिले सम्र्पक विच्छेद भई घरमै बसेकी थिए । त्यस घर पनि ससुराले बेचिदिनु भो अब काँ कसको आड र भरोसामा बस्ने हो भन्दै घोराही उपमहानरपालिका– १५ की सोनु बिष्टले बताउनुभयो । श्रीमान नर वहादुरले अहिले जापान छन भन्ने सुनेकी छु ।

छोरा गर्भमा छदै उनले छोडेर हिडे ससुरा हरि वहादु। डाँगीले नातीको मुख हेरेर बस्नुपर्छ । नातीलाई वंशजको अधिकार म दिन्छु भन्दै जन्मदर्ता र वुहारी भनि विवाह दर्ता पनि गरिदिए । अहिले दोस्रो विहे गरेर बस्दै आएको घर तीन करोड ५० लाख रुपैयाँमा वेचेर आफुलाई घर न घाटको बनाएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो– ‘ अंश लागि धेरै लडे, तर कानुनले व्यवहारिक न्या दिन सकेन । ’ मुद्दा पनि उनकै पक्षमा फैसला भयो । कयौ पटक महिला अधिकारकर्मि , स्थानिय प्रशासन र पत्रकारहरको छलफल न्यायका लागि प्रयास गरे । तर त्यो पनि अझै अपुरै रहयौ । ‘ कानुनीमा वैद्य भेटिए पनि न्यायमा निपष्क्षमा आफुले नपाएको उहाँले गुनासो छ । ’

ससुरा हरि वहादुर डाँगी र श्रीमान नर वहादुर डाँगी विचको ०६० सालमै अंशवण्डा भईसकेको कानुनी प्रमाण भएकाले ससुराले सम्पत्ती माथिको हकदावी गर्दा मुद्दा लगाई आफुलाई कमजोर बनाएको विष्टको भनाई छ ।

भोजभण्डार गरी धुमधामका साथ विहे गरेर सुसरा आफैले भित्र्याएको बताउदै उहाँले अहिले ससुरा आफैले श्रीमान संगको मिलोमत्तोमा सडकमा ल्याई पु¥याएको उहाँले बताउनुभयो । कानुनमा धेरै खेल्न जानेर होला ‘कानुनका कमजोर बनाई अहिले श्रीमानले साथ विहिन ससुराले बाँस विहिन बनाएको उहाँको भनाई छ । विष्टले भन्नुभयो– ‘ कानुनी ‘गेम’ मै मलाई ससुराले अधिकार वाट पन्छाउए । छोरा संगै सडकमा भौतारिएका छौ । बस्ने वाँस वाट ससुराले उठिवास लगाए । अब तेरो अधिकार छैन भन्दै धम्काउने गर्छन । नाबालक छोरालाई लिई म कहाँ जाँउ , जाने ठाँउ नै कही छैन । श्रीमान भागेर जापान पुगे पछि ससुरा संगको बसाई निकै पिडादायिक रहेको सुनाउदै विष्टले भन्नुभयो – ‘ कयौ पटक चौकी र अदालतमा पुगे ,त्यसको गन्ती छैन । ’

अदालतले वंशकै आधारमा वुहारी र नातीलाई घरमै वस्ने भनि फैसला गरे पनि ससुरा हरि वहादुर डाँगीले बस्न नदिने मनसायले घर बेचेको विष्टको आरोप छ । छोराले छोडे पछि कयौ पटक डरधम्की, त्रास दिई घर छोडन भनि दिनरात धम्की दिदै आएको उहाँले बताउनुभयो ।

न्यायका लागि कयौ पटक फैसला बुहारी र नाती लाई छोरा नआउन्जेल ससुरा हरि वहादुरकै संरक्षणमा बस्नुपर्ने , नातीको भरणपोषण गर्ने सहितको फैसला भए त्यो फैसलामै सिमित भएको छ । हिंसामा परेर बाँचेको थिए । तर अब ओत लाग्ने ठाँउ पनि खोसे कहाँ गएर बस्ने हो । आफै अलमलमा परेकी छु । न्यायलय सम्म आफ्नो पहुच भरमा न्याय फैसला हुदा अन्यायको बोकेर बाँचिरहेको छु । ’ अदालतले गरेको फैसला कार्यन्वयन नहुदा कार्यन्वयनका लागि प्रहरीमा उजुरी दर्ता गरे पनि प्रहरी उक्त उजुरी व्यवस्ता गरेको विष्टको भनाई छ । पटक– पटक प्रहरी कार्यालयमा धाउदा समेत प्रहरीले उजुरी सुनुवाई नभएको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्