उद्वार गर्न दाङ्ग पुगे मन्त्रीका श्रीमान सास रुकेपछि राहात को केअर्थ मजदुर



टेकबहादुर पुन, दाङ्ग । देशमा लक-डाउन भएसँगै घर पुग्ने उद्देस्यले अचेल दैनिक जसो राजमार्गमा पैदल हिँड्ने मजदुरहरुको सँख्या अत्यधिक बढेको छ । लक-डाउनको अर्थ जो जहाँ छ त्यही सुरक्षित बस्ने हो भनिएपनि सरकारको लाचारीपनका कारण मजदुर हरु पैदल हिड्न बाध्य भएका छन् । सरकारले मजदुरहरुको लागि गाँस र बासको ब्यबस्था मिलाउछौँ भनेर बारम्बार भनेपनि तत्काल ब्यबहारमा लागू गर्न नसक्दा मजदुर हरुले अनाबस्यक दुख पाएका हुन् । सरकारले लक-डाउन अबधिभर खाना खर्च मात्र दिएको भएपनि कार्यस्थलमै बस्ने मजदुर हरुको धारणा छ ।

चर्को धुपमा पैदल यात्रा रहर नभई बाध्यता भएको उनिहरुको भनाई छ । सरकारले जहाँ छौ त्यही बस, हामी गाँस बाँस मिलाउछौ त भन्छ तर खाना नपाएर सास रोकिएपछि दिएर हुन्छ र? मजदुर हरुले अाक्रोश पोखे । कोरोनाले भन्दापनि अब भोक र थकानले प्राण लिन्छ कि भन्ने चिन्ता छ कञ्चनपुर निवासी शिब नारायण चौधरीले भने । सरकारले पछिल्लो समय स्थानिय पालिकाले खाना बस्नको ब्यबस्था मिलाउनु पर्ने धारणा राखेपनि पालिकाको धारणा भने फरक देखिन्छ ।

राजमार्गमा हिँडिरहेका मजदुरहरु लाई गाडीको ब्यबस्था गरि गन्तव्य सम्म पुर्याउनको लागि सरकारको स्पष्ट धारना नअाएकै कारण दिन प्रतिदिन मजदुर हरुले दुख पाईरहेका छन् । जसले गर्दा देशमा कोरोनाको सँक्रमण पनि बढ्न सक्ने खतरा बढिरहेको छ । सरकारले गाडीको ब्यबस्था मिलाउन नसकेपनि सम्बन्धित क्षत्रका जनप्रतिनिधि, साँसद तथा मन्त्रीहरुले मजदुरको उद्वार गर्ने हो भने थप कष्टबाट पार हुने स्थानिय बताउछन् ।

मजदुरलाई उद्वार गर्न दाङ्ग पुगे मन्त्रीका श्रिमाण

शनिबार बिहान कञ्चनपुर बाट करिब ३० जनाको सँख्यामा मजदुर हरु पैदल दाङ्गको लमही अाईपुगे ।
उनिहरु थकित सँगै चिन्तित देखिन्थे । लमहीमा थोरै विश्राम पछि उनिहरु लाई खाना खुवाईयो । उनिहरु जस्तै पैदल यात्रामा रहेका मजदुर हरुको लागि भनेर पतञ्जली योग लमही नगर समितिले लमही बसपार्कमा खानाको ब्यबस्था मिलाएको छ ।

एकैछिन पछि पुर्बबाट एउटा स्कार्पियो अायो । खाना खाने स्थानमा पैदल यात्रीको भिड देखेपछि गाडी सोही स्थानमा रोकियो । गाडीमा अाएका ती ब्यक्तीले पतञ्जली योगका पदाधिकारीलाई कञ्चनपुरबाट अाएको टोली अाईपुग्यो कि नाई भनेर सोधपुछ गरे । भर्खरै खाना खाईसकेको टोली कञ्चनपुर बाटै अाएको हो भनेर जवाफ फर्काए । ती मानिसले मजदुर हरुसंग स्याङ्जाको वालिङ्ग जाने यहाँ कोही हुनुहुन्छ भनेर प्रश्न गरे । त्यो भिडबाट ४ जना मजदुर जुरुक्क उठेर हाम्रो घर वालिङ्ग हो भनेर जवाफ फर्काए । बास्तबमा तिनै ४ जना मजदुर हरुको उद्वारका लागि ती ब्यक्ति लमही अाईपुगेका थिए । ती ब्यक्तिले ४ मजदुरलाई अाफुतिर बोलाउँदै म हजुर हरुलाई लिन अाएको हो भन्दा मजदुरको अाँखाबाट खुसीका अाँशु थामिएनन् ।

अाफ्नो वालिङ्गबासी पैदल अाईरहेको खबर पाएपछी एक मन्त्रीको अाग्रहमा ती ब्यक्ती लमही अाएका थिए । मजदुर र मन्त्रि अनि ती ब्यक्तिबिच कुनै किसिमको पारिवारिक सम्बन्ध भने छैन । मन्त्रि सँगको सम्बन्ध हुने ब्यक्तिले मजदुरी गरेर छाक अबस्य टार्दैन । मजदुरको उद्वारका लागि स्याङ्जाबाट दाङ्ग अाएका ती ब्यक्ति थिए भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रि पद्मा अर्यालका श्रिमाण लक्ष्मिपति पौडेल । तिनै मन्त्रि अर्यालले अाफ्ना श्रिमाणलाई पैदल यात्रामा रहेका मजदुरको उद्वारका लागि पठाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्