देउखुरीको नर्तीमा कोइला बोकेको पाँच ट्रक प्रहरी नियन्त्रणमा



 

ओमप्रकाश गुप्ता सिसहनियाँ ६ वैशाख । लकडाउनको समयमा बिना इजाजत कोइला बोकेको पाँच वटा ट्रकलाई अस्थाई प्रहरी पोष्ट नर्तीले शनिवार आफ्नो नियन्त्रणमा लिएको छ । बन्दाबन्दीको बेला अति आबश्यक सामाग्री बाहेक अन्य सामान ओसारपसार गर्न प्रतिबन्ध लगाएको भएपनि देउखुरीमा कोइला बोकेका पाँच वटा ट्रक आएपछि अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको हो । यस बिषयमा थप जानकारी लिन खोज्दा अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको ट्रकको कोइला कुन उद्योगको लागी हो भन्ने बिषयमा आफुलाई बोल्न नमिल्ने जनाएको छ । भने वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले भने सवै ट्रकको इजाजत भएको र दिउँसोको समयमा चल्न नमिल्ने भएकाले नियन्त्रणमा लिई बेलुका छोड्ने बताएका छन् । ना ८ ख ४९६४ नम्बरको एक ट्रक सहित अन्य ४ वटा ट्रक रहेका छन् । कुन ईट्टा भट्टाको लागी ल्याईएको हो भन्ने बिषयमा भने बिस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्