राहत वितरणमा हुने अनियमिता रोक्न काँग्रेसले अनुगन समिति बनाउने



गुल्मी, बैशाख ६ / नेपाली कांग्रेस रेसुङ्गा नगर कार्य समितिले सबै वडाहरुमा स्वयंसेवक टोली तथा राहत वितरण एवं योजना अनुगमन समिति बनाउन नगरपालिका भित्रका सबै वडा कार्य समितिलाई आग्रह गरेको छ ।

वडा सभापतिको नेतृत्वमा सात सदस्यीय स्वंयसेवक टोली र छायाँ सरकार प्रमुख तथा वडा उप–सभापतिको नेतृत्वमा पाँच सदस्यीय राहत वितरण तथा योजना अनुगमन समिति गठन गर्न आग्रह गरेको नगर सभापति छवि पाण्डेले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९)को महामारीलाई लक्षित गर्दै भइरहेको राहत वितरणमा अनियमितता हुन सक्ने भन्दै त्यसलाई रोक्न सबै वडाहरुमा समिति गठन गर्न आग्रह गरिएको सभापति पाण्डेले बताए । त्यस्तै उनले जनप्रतिनिधिहरुलाई राहत वितरण प्रक्रियामा सहयोग गर्न र वास्तविक विपन्न परिवार नछुटुन भन्ने उद्देश्यले यो समिति गठन गर्न आग्रह गरिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्