विजयनगरको धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा गर्न नपाईने




राम प्रघट कोरी/बैशाख ६–विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा अराधना गर्न नपाईने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेको मन्दिर, मस्जिद र चर्चमा ५ जनाले मात्र पूजापाठ, नमाज पढ्न पाउने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । सोही ५ जनाले निरन्तर प्रत्येक दिन पूजा प्राथना गर्न पाउने उहाँले बताउनु भयो ।

उक्त धार्मिक स्थलहरुमा पाँच जना भन्दा बढीले प्रबेश गरेमा धर्म गुरु अगुवाई गर्ने व्यक्तिलाई नियमानुसार कारवाही गर्ने थापाले बताउनुभयो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएकोले सामाजिक दुरी कायम राख्नका लागि यस्तो निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारले लगाएको लकडाउनको पालना गर्नुको साथै कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्न सबै आग्रहसमेत गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्