आठविसकोट नगरपालिका मा कोरोना रोकथाम विशेष निर्णय भएको नगर प्रमुख को भनाई



 सुनिल बि क रुकुम (पश्चिम) ( रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाले राजश्व बाँटफाड बाट प्राप्त हुने बजेट बाट निर्माण हुने विकास योजनाहरु स्थगित गर्ने भएको छ । आज बसेको ४८ आँै कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकामा निर्माण भैरहेका ९ वटा स्वास्थ्य इकाईका भवनहरु लगाएतका योजनाहरु निर्माणको कार्य तत्कालका लागी स्थगित गरिएको नगर प्रमुख गोर्ख बहाुदर केसीले बताउनुभयो । राजश्व बाटफाँट बाट प्राप्त हुने श्रोत नआउने भएकाले करिव ७ करोड रुपैँया घाटा हुने देखिएकाले र राजश्व बाँटफाटबाट बजेट नआउने सुनिश्चित भएपछी हाललाई यी विकास योजनाका कामहरु स्थागित गरिएको उहाँले बताउनुभयो । कलडाउनका कारण सरकारले राजश्व संकलन गर्न नसकेका कारण संघिय सरकराले चालु आर्थिक वर्षमा पठाउने भनेको बजेट आउने या नआउने अन्योल सिर्जना भएकाले यस्तो निर्णय गरिएको नगर प्रमुख के सि को भनाई छ ।

यस्तै कार्यपालिका बैठकले भारत, मलेसिया, साउदी, कतार, दुबै लगाएतका विभिन्न देशहरुबाट नगरपालिकामा भित्रिएका सबै जनाको कोरोना परिक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा कार्यलय सँगको समन्वयमा वडा तथा टोलटोलका जनताको कोरोना परिक्षण गर्ने ति टोलहरुमा कोरोना संक्रमति व्यक्ति नभेटिए पछि गाउँटोललाई कोरोना मुक्त घोषणा गरी गाउँघरुमा निर्माणाधिन सानातिना कामहरु गर्न अनुमती दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । लकडाउका कारण गाउँघरमा घर निर्माण तथा अन्य काममा समस्या भएकाले सबैमा कोरोना संक्रमित नभएको प्रमाणित भएपछी सामाजिक दुरी कायम गरी निर्माणका कार्यहरु गर्न दिने कार्यपालिकाले निर्णय गरेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

साथै नगरपालिकाले जाजरकोट बाट भित्रिने नाका रिम्नामा रहेको क्वारेन्टीनलाई थप व्यवस्थापन गर्ने भएको छ । बाहिरबाट आएकाहरुलाई उक्त क्वारेन्टीनमा राख्नका लागी क्वारेन्टाइनलाई थप व्यवस्थीत बनाउने र खान पिन लगाएतको व्यवस्था गरिने उहाँले बताउनुभयो । साथै कार्यपालिका बैठकले देशका विभिन्न ठाउँमा अलपत्र परेका श्रमिक, विद्यार्थी, उपचारका लागी गएका विरामीहरुलाई तत्काल उद्धार गर्ने निर्णण पनि गरेको छ । जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरी यातायात व्यवसायीहरु सँगको सहकार्यमा उनिहरुलाई उद्धार गर्ने नगरपालिकाले तयारी गरेको छ । नगरप्रमुख केसीका अनुसार कार्यपालिका बैठक सम्पन्न भएको छैन । जिल्ला विपद व्यवस्थापन समितिको बैठक पछी थप निर्णय गरी बैठक सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । यसैविच नगर प्रमुख केसीले सबै वडा अध्यक्षहरुलाई कोरोना रोकथाम तथा न्युनिकरणका लागी निरन्तर खटिन निर्देशन दिनुभएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्