कारकादो स्थित मस्जिदमा बाहिरी कोइ पनि नआएको : स्थानिय



अहमद हुसेन अंसारी

६ बैशाख नेपालगन्ज । भारतको नयां दिल्लीमा भएको तवलीगी जमातमा सहभागी आशंका गरिएका ४ जना बिदेशी नागरिक नेपालको नयां बर्षको दिन नेपालगञ्जको कारकादो स्थित मस्जिदमा आएर बास बसेको र हाल त्यहांबाट फरार भएका समचार गलत रहेको भन्दै स्थानियले बताएका छन ।

नेपालगञ्ज उप–महानगरपालीका वडा नम्वर १८ का वडा अध्यक्ष दीपक बर्माले कारकादो गाउंको मदरसामा नेपाली तथा हिन्दी भाषा राम्रोसंग समेत बोल्न नजानेका ४ जना ब्यक्ती आएर एक दिन बास बसेको र त्यसको भोली पल्ट बिहानै उत्तर तर्फ लागेको स्थानियले आफुलाई जानकारी दिएको बताउनु भएको थियो र सो विषयमा केही अन्लाईनहरुमा समाचार समेत सम्प्रेषण गरिएको थियो ।

तर कारकादोका स्थानियहरुले सो समचार गलत रहेको भन्दै मस्जिदमा अप्रचित कोइ पनि न आएको बताएका छन । स्थानीयले सो समचारको बिरोध समेत जनाएका छन । अध्यक्षले अफवाह कुरामा लागेर किन समाचार दिनु भएको र एक पटक स्थानिय संग समेत किन नसोधेको भन्दै प्रश्न राखेका छन ?

सो समचार गलत छ, कुनै पनि सत्यता नरहेको समाचार तुरुन्त सच्याउन समेत स्थानीय अहमद हुसेन अंसारी, काशीराम मौर्य लगायतले माग गरेका छन । उनी हरुको अनुसार कारकादोमा हिन्दु -मुस्लिम लगायतहरुमा एकता र सद्भाव छ । अध्यक्ष ज्युले यस्तो भ्रमित समचारहरु बाट एकता र समाजिक सद्भावलाई भंग नगरिदिन हुन समेत स्थानिय अहमद हुसेन अंसारी, मुस्तकीम अंसारी, मो.समीम अंसारी, काशीराम मौर्यले आग्रह गरेमा छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्