थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्याे



मोरङ– उदयपुरबाट विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याइएको टोलीका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उदयपुरमा लुकेर बसेका १२ जना भारतीयमा कोरोना संक्रमण देखिएपछि शुक्रबार राति उदयपुरबाट विराटनगर ल्याइएको थियाे। उनीहरुको टाेलीमा थप चार जना पनि थिए। चार जनामध्येकै थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हाे।

विराटनगर ल्याइएका कुल १६ जना मध्ये शनिबारको रिपिट थ्रोट स्वाब परीक्षणमा थप एक जनामा नतिजा पोजेटिभ आएको उपचार केन्द्रले जनाएको छ।

उपचार केन्द्रका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उदयपुरबाट ल्याइएका १६ मध्ये ४ जना नेगेटिभ रहेको थियो। सोही ४ मध्ये एकजनाको परिक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको उनले बताए।

नेगेटिभ ४ जनामध्ये एकजनाको थप शंका लागेर कोशी अस्पतालस्थित पीसीआर प्रणालीबाट स्वाब परिक्षण गरिएको उनले बताए।

केन्द्रका अनुसार पोजेटिभ नतिजा आएका संक्रमितलाई आइतबार अस्पताल ल्याइने बताइएको छ।

त्यसैगरि प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि उदयपुरबाट ल्याइएको ४ जना नेगेटिभमध्ये एक जनामा आज नमुना परिक्षण गर्दा पोजेटिभ आएको प्रस्टाए।

गएराती ल्याइएको १२ जना संक्रमितको अवस्था भने सामान्य रहेको उपचार केन्द्रले जनाएको छ। यससंगै विराटनगरमा संक्रमितको संख्या कुल १३ पुगेको छ।

स्वस्थ्य मन्त्रालयले पनि थप एक जनामा कोरोना देखिएको पुष्टि गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्