तेह्रथुमकाे मेन्छ्यायेममा आरडीटी गर्दा एक जनामा देखियाे काेराेना पोजेटिभ



इन्द्र नेपाली तेह्रथुम

तेह्रथुमका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ । मेन्छयायेम गाउँपालिकामा शुक्रबार भएको परीक्षणका क्रममा ती युवामा आरडीटी नतिजा पोजिटिभ देखिएको अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिनु भएको छन् ।

परीक्षणका क्रममा २८ वर्षीय युवाको एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो। पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ। ती युवाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताउनु भएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्