पुर्व गृह राज्यमन्त्री एवंम प्रतिनिधिसभा सदस्य कण्डेलद्वारा सिमा अनुगमन



अनुगमन बैशाख ६ नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा रहेको भारत सग जोडिएको सिमा नाकाहरुको पुर्व गृहराज्यमन्त्री एवम सासद देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउपालिकाको पडरी, रगररगन्ज ,बिशुनपुरवा , सरावल गाउपालिकाको भुजहवा ,प्रतापपुर गाउपालिकाको हर्षपुरा बसहिया, कठहवा र सुस्ता गाउपालिका कोे नथईनगर र बलिनगर लगायतको सिमा नाकाहरुको अनुगमन गर्नुभएको हो। सिमामा रहेका सयौ सुरक्षाकर्मीहरु लाई यो बिश्वब्यापी महामारीको समयमा सुरक्षा कडाईका साथ अघि बढनुपर्ने निर्देशन समेत दिनुभयो। सुरक्षालाई सहज र सभ्य बनाउन आफुले हरेक समय सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।अहिले सिमामा खटिरहेका सुरक्षामा अहोरात्र खटिरहने सुरक्षाकर्मी हरुको लागि खाजा, सेनिटाईजर र माक्स आफुले उपलब्ध गराउने समेत भन्नुभयो ।बिश्वनै कोरोनाको महामारी सग लडिरहेको बेलामा सुरक्षामा कुनै किसिमको कमि कमजोरी हुन नदिन निर्देशन समेत दिनु भयो।पाल टाङेर सुरक्षा दिएर बसेका सुरक्षाकर्मी हरुलाई सरकारले प्रोत्साहन स्वरुप भत्ता दिनुपर्ने कुरामा जोड दिनु भयो ।

यो महामारी सग लडन आफु हरेक तवरबाट तयार रहेको बताउनु भयो साथै जिल्लामा रहेका कोहिपनि आमजनता लकडाउनका कारण भोकै बस्न नदिने मेरोे लक्ष्य रहेको बताउनु भयो हामिले चौतर्फि निकायबाट कसैलाई छाक टार्ने समस्या भए मलाई सम्पर्क गर्नु समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।जिल्लाको २८ किलोमिटर दुरि रहेको सिमा नाकामा बिश्वब्यापी रुपमा कोरानाको सक्रमण फैलिदै गईरहेकोले सिमा नाकामा ५० मिटरको दुरिमा रहनेगरि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल २६ गण बेलासपुरका प्रमुख भरत खनियाले बताउनु भयो । सिमाबाट कुनै पनि भारतिय प्रबेश नगर्नका लागि सुरक्षा कडा पारिएको समेत बताउनु भयो ।त्यसै गरि जिल्ला समन्वय समिति नवलपरासी का प्रमुख शिवशंकर राय ले सिमामा सुरक्षामा कुनै पनि संम्झौता हुन नसक्ने बताउनु भयो साथै स्थानीय समुदाय ,सुरक्षाकर्मी ,सरकार सबै मिलेर यस समस्यालाई समाधान गर्न लागि परेको बताए । अनुगमनमा सिमा क्षेत्रका सुरक्षाका प्रमुख पत्रकार लगायतको सहभागिता रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्