चैनपुर बजारमा चोरीका घटना बढ्दै, प्रहरी प्रशासन मौन



उत्तम कुमार थापा

बझाङ सदरमुकाम चैनपुरमा चोरीका घटना बढ्न थालेका छन् । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउनको समयमा सर्वसाधारणहरु बजारमा हिँडडुल गर्न नपाए पनि शुक्रवार राती तिन पसलमा चोरी भएको छ ।
पिडितहरुका अनुसार जिल्ला प्रहरी नजिकै दुई पसल र भोटे गल्लीमा रहेको एउटा पसलमा चोरी भएको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय नजिकै रहेकोे मष्टा गाउँपालिका–७ का धनबहादुर जेठाराको आमाछोरा मोबाइल ग्यालरी, सोही ठाउँ नजिकै रहेको रजना द्घालको कस्मेट तथा किराना पसल र भोटे गल्लीमा मोहन बोहराको पसलमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय नजिकै रहेकोे आमाछोरा मोबाइल ग्यालरीबाट रेडियो, विभिन्न कम्पनिका मोवाईल ल्याप्टप र सात हजार रुपैयाँ नगद, चोरी भएको छन भने मोहन वोहराको पसलवाट साउन्ड बक्स, हाउस वाइरिङ्गका सामान,चोरी भएका छन भने कस्मेटिक तथा किराना पसलबाट दैनिक उपभोग्यका समानहरु चोरी भएका छन् ।
यसअघि पनि चोरीका घटना भइरहे पनि प्रहरी प्रसासनको मौनताले चोरीका घटनामा संलग्नहरु पक्राउ गर्न सकेका छैन । दिनानुदिन चाोरीका घटनाहरु वड्न थालेपछी स्थानिहरु त्रसित बनेका छन भने जिल्ला प्रहरी कार्यालय का सुचना अधिकारी नेत्र बोहराले आफु व्यस्त रहेको भन्दै सूचना लुकाउन खोजेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्