मनकारी युवाले गरे पैदल यात्रीलाई सहयोग



दिपक खड्का, चन्द्रौटा । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको शिवपुरका युवाहरु समाजसेवामा तातिएका छन् । कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा परेको अवस्थामा मजदुरहरु पैदलयात्रा बाटै घर तर्फ गैरहेका छन् । सयौं किलोमिटर भोकै र प्यासै हिडिरहेका मजदुरका भगवान बनेर शिवपुरका युवाहरु उदाएका छन । युवाहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पैदलयात्रीलाई आराम गर्ने, खानाको प्रवन्ध मिलाउँने देखि गन्तव्यसम्म पठाउने बसको व्यवस्था मिलाएका हुन् । गाउँमा पैदलयात्रीको लागि राहत संकलन गरेका युवाहरुले १५ दिनका लागि पुग्ने रासन जम्मा गरेका हुन । स्थानीय सञ्चारकर्मी कृष्ण थापासहितका युवाहरु यो मानवीय कार्यमा हातेमालो गरेर अगाडी बढेका छन । पूर्वबाट पैदल हुँदै आएका यात्रीहरुलाई शिवपुरमा खानाको प्रबन्ध मिलाएको थापाले मायादेवी अनलाइनलाई बताउँनुभयो । पूर्वबाट पश्चिम हिडेका १ सय ३० जना पैदलयात्रुलाई खाना खुवाएको युवा हरि सुवेदीले मायादेवीलाई बताउनुभयो । शिवपुरका युवाहरुले अब १५ दिनसम्म विहाना १० बजे शिवपुरको बैलौती चौकमा रहेको भुपु सैनिक आवासीय विद्यालयको अगाडी रहेको हाट बजारमा यात्रुहरुलाई खाना खुवाउने अभियान संचालन गरिएको राम चन्द्र घिमिरेले बताउनुभयो । पैदलमार्ग हुँदै आएका यात्रुहरुको स्वास्थ्य परिक्षण पनि गरिएको शिवपुर स्वास्थ्य चौकीका अधिकृत लेखनाथ पौडेलले बताउनुभयो । प्राय गरी पश्चिमको दाङ्ग, प्युठान, रोल्पा र नेपालगञ्जसम्म मजदुर पैदल हुँदै हिडेको भेटिने पौडेलले बताउनुभयो । लामो दुरीको बाटो भोकै प्यासै पैदल हुँदै हिड्दा स्वास्थ्य समस्या देखिने भन्दै आफुले उनीहरुको स्वास्थ्य चेकजाँच गरेको उहाँले बताउनुभयो । शिवपुरमा रहेको उज्यालो बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष युवराज घिमिरेको पहलमा पनि पैदलयात्रीलाई खानको प्रबन्ध जुटेको युवाहरु बताउँछन । युवाहरुले टाढा टाढा पुग्न नसक्नेका लागि बसको पनि व्यवस्था मिलाउने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्