आजको मौसमः मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षा



काठमाडौँ । देशका केही क्षेत्रको मौसम आइतबार आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको मौसमविदले बताएका छन्।

अहिले देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा रहेको जनाइएको छ।

दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थान तथा तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्