मानसिक सन्तुलन ठिक छैन -प्रचण्ड



सैघाली खबर,
चितवन १४ मसिंर। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले विपक्षीहरुले वाम गठबन्धनका बारेमा भ्रम फैलाएको भन्दै उनीहरुको मानसिक सन्तुलन ठिक नभएको टिप्पणी गरेका छन् ।

बिहीबार भरतपुरको फुलवारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको समृद्धिकालागि एउटै कम्युनिष्ट केन्द्र बनाएर अगाडि बढ्न खोज्दा विपक्षीहरुले अनावाश्यक आशंका गरेर आफैलाई रुढीबादी कित्तामा उभ्याएको बताए ।

‘विपक्षीहरुको मानसिक सन्तुलन विग्रेको जस्तो देखिन्छ,’ उनले भने, ‘उनिहरु दुई चिज भन्दैछन् एउटा कम्युनिष्टहरु मिल्दैमिल्दैनन भन्छन् भने अर्को कम्युनिष्ट मिले बर्बादै हुन्छ ।’

उनले विसं २०१९ सालयता विभाजित हुदै आएका कम्युनिष्टहरु अहिले आएर एक हुन खोज्नु ऐतिहासिक परिघटना भएको भन्दै प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र नबनेकै कारण ७० बर्षदेखि कहिल्यै ५ बर्ष चल्ने स्थिर सरकार मुलुकले नपाएको जिकिर गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्