गठबन्धनलाई भोट माग्न रायमाझी दाङमा



 

सैघाली खबर
भालुवाङ, १४ मंसिर । दाङ अर्घाखाँचीको सिमानामा पर्ने रङसिङ खोलामा बाम गठबन्धको तर्फदाङ क्षेत्र नम्बर १ (१) का उम्मदेवार इन्द्रजित थारु र अर्घाखाँचीको प्रतिनिधिसभाका उम्मेदवार टोप बहादुर रायमाझीले संयुक्त सभालाई सम्बोधन गरेका छन ।
फरक जिल्ला भएतापनि स्थानीयका माग अनुसार एकै स्थानमा संयुक्तसभा आयोजना गरिएको हो । दुबै नेता एकै स्थानमा पाएपछि यहाँका स्थानीय अब विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै उम्मेदवार रायमाझीले दाङ र अर्घाखाँचीको भावनात्मक सम्बन्ध बलियो रहेको भन्दै दुबै मिलेर सिमाना क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए ।

विकास र समृद्धिलाई निष्कर्षमा पु¥याउन बामपन्थी नेतृत्वमा स्थायी सरकार निर्माण गर्नुपर्ने हुँदा बाम गठबन्धनका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न उनले आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै उम्मेदवार थारुले यो क्षेत्रमा खासगरी सडक , शिक्षा र रोजगारीको समस्या रहेको उल्लेख गर्दै निर्वाचन जितेको २ वर्षमा विकास र समृद्धिमा सबैको पँहुच पु¥याउने बताए ।

यस्तै कार्यक्रममा अर्घाखाँची १(२) का उम्मेदवार रामजी घिमिरेले काँग्रेस विकासको परिक्षामा असफल साबित भईसकेको भन्दै अब बामपन्थीहरुको नेतृत्वमा सरकार गठन गरेर विकासको अभियानलाई अगााडी बढाउनुपर्ने बताए । उम्मेदवारका प्रतिबद्धता सुनेपछि यहाँका स्थानीय खुसीले रमाउदै उम्मेदवारहरु संग संगै नाचेका थिए । कार्यक्रममा अर्घाखाँचीको शितगँगा नगरपालिका ९ का वडा अध्यक्ष भिम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्