अमेरिकाले अब नयाँ गिर्नकार्ड नदिने, विदेशीलाई पनि प्रवेश गर्न रोक



काठमाडौं। अमेरिकाले आप्रवासीहरुलाई बुधबारदेखि ६० दिनसम्मका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । साथै, नयाँ गिर्नकार्ड दिन पनि अस्थायी रुपमा प्रतिवन्ध लगाइने छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अस्थायी प्रतिवन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षण गरेपछि यो निर्णय लागू भएको हो । यद्यपि, यो अवधी बढ्न सक्ने ट्रन्पको भनाइ छ । ट्रम्पले मंगलार ह्वाइट हाउसको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

अमेरिकाले कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न यस्तो निर्णय गरेकोे हो । बिशेषगरि अमेरिकी नागरिकको रोजगारी बचाउन आप्रवासीलाई प्रतिवन्ध लगाउने निर्णय गरिएको हो । यो प्रतिवन्धले अमेरिकामा पिआर खोजिरहेकालाई असर गर्ने छ ।
अमेरिकामा कोरोनाका कारण हालसम्म लाखौ मासिले रोजगारी गुमाइसकेका छन् । उनीहरुको रोजगारी सुनिश्चित गर्नु पहिलो प्राथमिकता भएको र पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्ने अमेरिकी सरकारको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्