दलितका अधिकार पूर्ण छैनन् महरा



 

सैघाली खबर
दाङ, १५ मंसिर । उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नं.२ प्रतिनिधी सभाका उम्मेदवार कृष्णबहादुर महराले दलितका अधिकार सम्बोधन नभएको वताउँनु भएको छ । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र मुक्तिसमाज दाङले घोराहीमा आयोजना गरेको चुनावी सभामा बोल्दै महराले यस्तो वताउनु भएको हो । उहाँले एउटा जात विशेषमा रहेको राज्य संत्ता दलित समुदायमा पुगेको मात्र भएको वताउँदै त्यसको कार्यान्वय आगामी निर्वाचन पछि हुने वताउनुभयो । संबिद्यानबाट दलितलाई अधिकार दिने कुरा निश्चित भएको बताउँदै उत्पीडनमा परेका समुदायलाई अधिकार दिन आफु लागेको वताउँनुभयो ।

् कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नं. २ १ का प्रदेश सभा उम्मेदवार शंकर पोखरेलले मंसिर २१को निर्वाचन पछि जनताका सम्पूर्ण अधिकार सुनिश्चित हुने वताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथी समेत रहनु भएका पोखरेलले अबको पाँच बर्षमा दाङमा वेरोजगार समस्याहल हुने समेत वताउनुभयो । समता मुलक समाज निर्माणका लागि आफुहरु जुटेको भन्दै पोखरेलले समानताको आधारमा आफुहरु समाजवादमा पुग्ने लक्ष्य बाम गठबन्धनले राखेको वताउनुभयो । सिमान्तकृत समुदायका लागि बृहत योजना सहित न्युनतम रोजगारको ग्यारेन्टी गर्नुका साथै तत्काल जनताका सबै समस्याहल गर्ने उल्लेख गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्