कतार र यूएईबाट दुई विमानमा मेडिकल चार्टर काठमाडौं आयो



काठमाडौँ — कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभीड–१९ सम्बन्धि मेडिकल सामाग्री बोकेर कतार एयरवेजको वाइडबडी विमान बुधबार दिउसो काठमाडौं आइपुगेको छ ।

 

ती सामाग्री नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।

मेडिकल सामानमा पीपीई ७ हजार, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सीजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्स लगायतका १४ प्रकारका सामान रहेका छन् ।

पौने ४ बजे काठमाडौंमा अवतरण गरेको उक्त विमान सवा ५ बजे २९ सय ९८ किलो तरकारी बोकेर दोहा फर्किएको थियो ।

यसैबीच बुधबार दिउँसो ५ बजे युएईले पनि नेपाल सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, त्यहाँबाट इतिहादको वाइडबडी विमानमा चार्टर गरिएको करिब १२ टन सामाग्री स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई विमानस्थलमै बुझाइएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्