दाङ प्रादेशिक राजधानि बन्छ -संञ्चारमन्त्रि बस्नेत



सैघाली खबर,
दाङ १६ मंसिर।
सुचना तथा संञ्चारमन्त्रि मोहन बहादुर बस्नेतले दाङ प्रादेशिक राजधानि बन्ने बताउनुभयको छ ।
नेपाल प्रेस युनियन दाङले आज बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि बस्नेतले दाङको ऐतिहासिक महत्व बोकेको र यो प्रदेशको केन्द्रपनि पर्ने भयकाले राजधानि बन्ने , राजधानिका लागी आवश्यक भौतिक पुर्वाधारको अनुगमन पनि आफनो दाङ भ्रमणको उद्धेष्य रहेको उहाँले बताउनुभयो ।
यसैगरी मन्त्रि बस्नेतले यहाँको पर्यटन बिकासका लागी भ्यु टावर निर्माण गर्न सकिने बताउनुभयो त्यसकालागी आफुले पहल गर्ने , स्थानिय तह स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पाईलट प्रोजेक्टका रुपमा अगाडी बढाउदै निशुल्क ईन्टरनेट सेवा,उपल्बध गराउने बताउनुभयो । यो कामको लागी ठेक्का सम्झौता भईसकेको पनि उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष बसुन्धरा गौत्मको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण युनियनका सचिब देवेन्द्र बस्नेतले गर्नुभएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्