रुकुम का कृर्षक बारघरे लग डाउनको समय मा मौरि सगँ रमाउदै



सुनिल बि क रुकुम पश्चिम
नोवेल कोरोना भाइरस कोभिड १९ को सक्रमण फैलिन नदिन सरकारले गरेको लगडाउनका कारण सबै क्षेत्र ठप्प छ ।तर आठविसकोट नगरपालकिा वडा नं. ११ डाडागाउका मौरि पालक कृर्षक दिपक बारघरे बिहान देखि बेलुका सम्म मौरि सगै रमाईरहेका छन ।

स्वदेशमै कृषिव्यवसायमा लामो समय बिताएपछि विदेश जाने सपना समेत नदेखेको उनि बताउछन ।गाउका उहाँ जस्तै धेरै युवा विदेशि भुमिमा परिश्रम खेरफालि रहेका बेला उनले गाउमै मौरि पालक कृर्षी पेशा बाट राम्रो आम्दानि गरेकाछन ।

उनले विगत चार वर्ष देखी आधुनिक मौरी पालन व्यवसायलाई निरन्तरता दिदै आएका छन । विगत चार वर्ष अघी एउटा घारबाट मौरी पालन व्यवसाय शुरु गरेका बारघरे अहिले पनि मौरी पालनमै लागी परेका छन । उनी सँग अहिले ६५ वटा मोरी घार रहेका छन । मौरी पालन व्यवसाय गरेर उनले राम्रो आम्दानी पनि गर्दै आएका छन ।

मौरीको मह मात्र नभई मौरी गोला बेचेर पनि आम्दानी भैरहेको बारघरेले बताए । आठविसकोट नगरपालिकाको ११ नम्बर वडा मौरी पालनका लागी पनि उपयुक्त वातावरण भएकाले व्यवसाय गर्न सजिलो भएको उनको भनाई छ मह, मैन विक्री गरी प्रशस्त आम्दानी भैरहेको उनले जानकारी दिए ।

केही समय अघी मौरी पालन गर्ने सोच पलाएपछी उनलाई मौरी पालन व्यवसाय कसरी गर्ने भन्ने कुराको पिर थियो तर उनले कृषी विकास कार्यालय सँग सहकार्य गरी स्याँलापाखाका मौरी पालक व्यवसायी ओम प्रकाश खड्का बाट तालिम लिइ यस विषयमा ज्ञान लिएका हुन ।

अहिले शिक्षा संकायमा स्नातक गरी सकेका बारघरेलाई सुरु मा एस यल सि पासगरे पछि कृर्षि जे टि ए पढने सपना राखेका उनिले द्दरको आर्थिक अवस्था कम्जोर का कारण कृषी जे टि ए पढन नपाएको भन्दै त्यो सपना दुखका साथ सामना गरेको बताउछन र पहिले देखि नै कृर्षि व्यवसाय गर्न खुबै मन परेको छ । पढेर जागिर नै खानुपर्छ भन्ने उनको मान्यता छैन । पढेलेखेर पनि व्यरोजगार बनेका युवाहरुका लागी उनि उदाहरणीय व्यक्ती बनेका छन । अवको दुई वर्ष भित्रै २ सय गोला मौरी बनाई मह उत्पादन गरी आम्दानी गर्ने उनले लक्ष लिएका छन । मौरी पालन गरी रुकुम जिल्लालाई नै आत्म निर्भर बनाउने र अन्य जिल्लामा पनि निर्यात गर्ने योजना बनाएका छन ।

साथै बारघरले आधुनिक घार निर्माणका लागी मेसिन खरिद गरी घरमै घार उत्पादन गर्ने लक्ष बताउछन । अहिले कृषी पेशा बाट आफुलाई सन्तुष्टी मिलेको समेत उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्