वाम गठबन्धनका उम्मेदवार चढेको गाडीमा बम विष्फोट



सैघाली खबर,
तेह्रथुम, मंसिर १६ –चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम–गठवन्धनका उम्मेदवारहरुलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा शनिबार मध्यान्ह बम विष्फोट गराइएको छ ।
शुक्रबारे बजारमा संयुक्त वाम–गठवन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा। विजय सुव्बा, माओवादी केन्द्रकी नेतृ तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेताहरु चढेको गाडीमा बम विष्फोट भएको हो ।
तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा बम विष्फोट भएको घटना स्थलबाट प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिनुभयो । विष्फोटमा परि मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको छ ।

तर गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल रहेको प्रहरीले जनाएको छ । सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्