भगेरी चरी गीतलाइ सार्वजनिक भएको बर्ष दिन नपुग्दै १ करोड



रुद्र शर्मा दाङ घोराही पछिल्लो समय नेपालि गीतसंगीतमा इतिहास रच्ने गित बन्दै आएका छन् । गीतसंगीत ओरालो लागेपछि फड्को मारेको नेपालि गित संगीत फेरी धारमा फर्किएको केहि समयमा सांगीतिक क्षेत्र भित्र अजर अमर गीतका सृजना भएका छन् ।

त्यस मध्येको चर्चित गित हो “भगेरी चरी”। केहि समय अगाडी मात्रै बजारमा आएको “भगेरी चरि” ले छोटो समयमा नै चर्चाको सिखरमा चढन सफल भएको छ ।

तेजेस रेग्मी र रिना केसीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको गीत “भगेरी चरी” गीतलाइ सार्वजनिक भएको बर्ष दिन नपुग्दै १ करोड अर्थात् १० मिलियन भन्दा बढी दर्शकले माया गरेका छन ।

“भगेरी चरी” गीतको लाईभ दोहोरि देखि मेला पर्ब रोधिघरमा पनि उत्तिकै चर्चा चुलिएको छ ।

यस गीतकी गायिका रिना केसी भन्नुहन्छ-“मलाई यसै गीतबाट मलाई यस सांगीतिक क्षेत्रमा टिकाएको हो । मलाई आशा छ हजुरहरुको मायाले म यहासम्म आएकी छु आगामी दिनमा पनि यहाहरुको माया भरपूर्ण चाहिने छ । म १ करोड ऋ णी भएको छु । यहाहरुले दिएको माया म बिर्सिने छैन ।

यसरि नेपालि गीतसंगीतलाई आम दर्शक स्रोताले माया गरिरहुन् हामीलाई थप हौसला मिल्ने छ भने वर्ष दिनमा अझै थुप्रै करोडको नजरमा पर्ने हाम्रो टिम आशाबादी छ।

उक्त म्युजिक भिडियोमा सतिशअधिकारि, संगम शर्मा, तेजस रेग्मी र पुजन घिमिरेको दमदार अभिनय रहेको म्युजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन् । सम्भु चालिसेको उत्कृष्ट छायांकन भएको यो गितको भिडियो सम्पादन भने सुजन शाहीले गरेका छन् । S3k entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।https://youtu.be/7Q85l4-AEvw

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्