नियम विपरितका कर्मचारी परिचालन



गिरिराज नेपाली
दाङ, १६ मंसिर । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका करिव २४ वटा मतदान केन्द्रमा नियम विपरितका कर्मचारी परिचालन गरिएको छ । निर्वाचन सहयोगका लागि कार्यालय सहयोगीको पदमा निर्वाचन विपरितका कर्मचारी सम्वन्धीत मतदान केन्द्रमा परिचालन गरिएको छ । निर्वाचन सम्वन्धी कर्मचारी व्यवस्थापन र परिचालन ऐनले निजामति सेवामा रहेका कर्मचारी र शिक्षकहरु लाई निर्वाचनका लागि परिचालन गर्न कानुनी व्यवस्था रहे पनि जिल्लामा त्यो व्यवस्था व्यवहारमा लागु हुन सकेको छैन ।

दगीशरण गाउँपालिका ३ , बबई गाउँपालिका ७ , तुलसीपुर उमपहानरपालिका १९, १७ , घोराही उपमहानगरपालिका १६ , १२ ,११ , ५ , गढवा गाउँपालिका ५ , राजपुर गाउँपाकिला २ , ३ र शान्तीनगर गाउँपाकिला ७ मा नियम विपरितका कर्मचारीहरु परिचालन भएका छन । भने निर्वाचनको नियुक्त पत्र पनि बुझ्ने तयारीमा रहेका छन । निर्वाचन आयोगले निजामति सेवावधिमा रहेका कर्मचारीहरु मतदान अधिकृत देखी सहयोगी सवै निजामति सेवावधिको हुनुपर्ने उल्ल्ेख गरेको छ । तर सम्वन्धीत निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरुको लापरवाहीका कारण गैर सरकारी तथा अर्धसरकारी कार्यालयका कर्मचारी निर्वाचनमा परिचालन भएका छन ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले कर्मचारी व्यवस्थापन समितिले सिफारिस गरे बमोजिम नै निर्वाचनका लागि कर्मचारी परिचालन र नियुक्त दिएको बताउनुभयो । नियमले निजामती सरकारी कार्यालयका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक निर्वाचनका लागि परिचालन गर्ने परिपत्र निर्वाचन आयोग गरेको मुख्य निर्वाचन अधिकृत रावलले बताउनुभयो । तर कर्मचारी अभावका कारण सम्वन्धीत निर्वाचन क्षेत्रले अर्धसहकारी र क्रियाशिल गैरसरकारी संस्थाहरुको कर्मचारी व्यवस्था गरिएको हुनुपर्छ । उहाँले भन्नुभयो– ‘ नियवत त्यसो गरेको हैनौ, वाध्यतावंश हुन गएको होला । ’ तर निजामती कर्मचारीको व्यवस्थापन भए त्यस्ता कर्मचारीहरुलाई हटाईने पनि उहाँले बताउनुभयो ।

मतदाता अधिकृतको सजिलाको लागि मतदान अधिकृतले घरपाएका परेका कर्मचारी एक÷ दुई ठाँउ राखिएको सुचना आएको दाङ क्षेत्र नं. ३ निर्वाचन अधिकृत चक्रदेव आचार्यले बताउनुभयो । मुख्य निर्वाचनको कार्यालय उक्त कुरा पत्ता लगाई त्यस्ता कर्मचारी हटाई पछि मतदान अधिकृत आफुसंग असन्तुष्ट्री पोखेको उहाँले बताउनुभयो । चिनजान र काममा सहयोग हुने वहानामा मतदान अधिकृतले आफ्नो मातहतका गैर कर्मचारी निर्वाचनका लागि भर्ना गरेकाले त्यो तत्कालै छानविन गरीने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्