महामारी,लकडाउन र बिपन्न किसान एबं श्रमजीवी बर्गका समस्या सम्वन्धमा चार किसान संगठनको संयुक्त बक्तब्य




बिश्व ब्यापी कोरोना महामारीका कारण देश लक डाउनमा गएको डेढ महिना बित्न लागेको छ । आवश्यक पूर्वाधार बिना एक्कासी लग डाउन गरिएकोले देशका सम्पूर्ण बिपन्न र श्रमजीवी बर्ग खाशगरी असंगठित क्षेत्रका श्रमजीबी मजदुर किसानहरु अत्यन्तै कष्टप्रद जीवन बिताउन बाध्य बनेका छन् ।

उनीहरुले उचित राहत पाउन सकेका छैनन् । सीमित क्षेत्रमा पक्षपातपूर्ण तरीकाले बितरित राहत पनि गुणस्तरहीन छ । त्यसले गर्दा आबश्यक भोजनको अभावमा न्यून र निश्चित आय बर्गका सम्पूर्ण बिपन्न बर्ग र तिनका परिवार खाशगरी बालबालिका, बृद्ध र सुत्केरी महिलाहरु आज अत्यन्तै ठूलो कठिनाईको स्थितिबाट गुज्रिरहेको अबस्था छ । अर्कोतिर किसानहरुको बालीनाली, दूध, तरकारी, कुखुरा ब्यवसाय कृषिजन्य उद्योग सबै अस्तब्यस्त बनेका छन् र तिनले ठूलो नोक्सानी बेहोरिइरहेका छन् । तेश्रो कुरा बिदेशमा रहेका श्रमिजीबी नेपाली नागरिकहरुले उता काम बन्द भएको र यता घर फर्किन पनि नसकेको अत्यन्तै अप्ठ्यारो स्थिति बेहोरिइ रहेका छन् र दुःख पाइरहेका छन् ।

चौथो कुरा देशमा आर्थिक गतिबिधी पूरै ठप्प भएकोले आउदा दिनमा ठूलो अनिकाल र अपूर्ब मन्दीको स्थितिको असैह्य बोझको मार नेपाली जनतको टाउको माथि पर्न लागेको हुँदा यी सबै कुरालाई मध्यनजर राखेर यस स्थितिमा हामी चार किसान संगठनहरु जनताालई रोग र भोक दुबैबाट जोगाउदै देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन सरकारको गम्भीर ध्यान जाओस् नेपाल र नेपाली बचाउन यी कदम तत्काल चाल्न जोडदार माग गर्दछौं :

१. लक डाउनले भाइरस संक्रमण रोकिने होइन, अस्थाईरुपमा फैलिन नदिने र जोगाउने मात्र भएकोले सीमाका आबत जावतमा पूर्ण रोक लगाउन, सुरक्षाका अझ कडा कदम चाल्न र भारत लगायत बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा र बिमारीलाई आइसोलेशनमा राख्ने उचित प्रबन्ध गर्न, कोरोना संक्रमणको ट्रेस र टेस्ट गर्न आवश्यक स्वास्थ्य र सुरक्षा सामाग्रीको ततकालै प्रबन्ध गरियोस् तथा परीक्षणको ब्यापक बिस्तार गरियोस् भन्ने जोडदार माग गर्दछौं ।
२ लक ठाउनमा बसेका सबै बिपन्न परिवारलाई तिनको परिवारका सदस्यको आधारमा आबश्यक गुणस्तरीय राहत निष्पक्षरुपमा प्रदान गरियोस् र पक्षपात गर्ने, गुणस्तरहीन राहत बाढ्ने जो कसैलाई पनि कडा कारबाही गरियोस्
३.जनतालाई आसन्न भोकमारीबाट जोगाउन कम्तिमा आगामी एक बर्षका लागि आबश्यक अन्नपातको जोगाड र भण्डारण गरियोस् ।
४.किसानहरुको तरुन्तै उपयोग गर्नुपर्ने, तरकारी, दुग्धजन्य पदार्थ, तथा माछा मासुजन्य पदार्थको सुरक्षित बिक्री बितरण गर्ने र कोरोना असंक्रमित क्षेत्रमा सुरक्षा साबधानीका नियम पालन गर्दै कृषि कर्म गर्ने ब्यबस्था शिघ्र मिलाइयोस् ।
५.बिदेशमा रहेका श्रमजीबी नेपालीहरुको सुरक्षित र उचित बसोबास तथा स्वदेश आउन चाहनेहरुका लागि सुरक्षित आगमनको ब्यवस्था गरियोस् ।
६.महामारी चलेको र लक डाउन भएको बेलामा समेत भ्रष्टाचार, मूल्यबृद्धि, कालोबजारी र तस्करी गर्ने जो कसैलाई कडा कारबाही गरियोस् र चर्को मूल्य बृद्धि नियन्त्रण गरियोस् ।
७ .(क) उपर्युक्त कोरोना सम्बन्धि चिकित्सकीय कार्य छिटो,छरितो र किफायती ढंगले ब्यापकरुपमा अघि बढाउन चिकित्सा बिज्ञहरु र सुरक्षाकर्मी समेतको सशक्त टिम बनाई कार्य सम्पादन र अनुगमन गरियोस् ।
(ख) प्रभावकारी र उचित राहत बितरण,सुरक्षित किसिमले कृषि तथा गैर कृषि कार्य सुचारु गर्न गराउन बिशेषज्ञहरुको उच्च स्तरीय समूह गठन गरी यसलाई ठोस कार्यान्वयनमा ल्याइयोस् र यसरी देश र जनताको रक्षा गरियोस् ।

अखिल नेपाल किसान महासघ.(अप्पो) अध्यक्ष भैरबाराज रेग्मी
अखिल नेपाल किसान महासंघ(क्रान्किारी, अध्यक्ष सीताराम तामाङ्ग
अखिल नेपाल किसान यूनियन, अध्यक्ष लोकनारायण सुबेदी
अखिल नेपाल प्रगतिशील किसान संघ, इञ्चार्ज कृष्ण राना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्