संघमा राजनीति छैन’



सैघाली खबर,
तुलसीपुर १७ मंसिर।
तुलसीपुर उद्योग बाणिज्य संघ भित्र कुनै राजनीति नभएको बताईएको छ । अध्यक्ष बिर बहादुर रावत ( बिरु) र महासचिब रुप बहादुर खत्रीले एक बिज्ञप्ति जारी गरि मंसिर २१ गते हुने निर्बाचनमा संघमा आबद्ध ब्यबसायी ब्यक्तिगत रुपमा आआफ्नो आस्था र बिचारप्रति स्वतन्त्र रहेको भन्दै संस्थागत रुपमा कुनै राजनीति नभएको नभएको स्पस्ट पारेका छन् । यस बिषयमा संघका पदाधिकारी र सदस्यहरुको बीचमा कुनै मतभिन्नता नरहेको समेत बिज्ञप्तिमा स्पस्ट पारिएको छ । संघ ब्यबसायीको साझा संगठन भएको भन्दै यसले ब्यबसायका हक, हितको संरक्षण गर्न भुमिका निर्बाह गरेको बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्