लकडाउन प्रभाव : दाङका तरकारी किसान मर्कामा




पवन पाेख्रेल
बेमौसमी तरकारी फल्ने र बिक्री हुने यो मुख्य सिजन हो। तर बारीमा फलेका तरकारी बिक्री नभएको कारणले देउखुरीका किसान चिन्तित बनेका छन्।

देउखुरीमा उत्पादन भएका तरकारी विक्री गर्न घोराही, तुलसीपुरसम्म पठाईन्थ्याे तर लकडाउनले गर्दा आफ्नो गाउँभन्दा टाढा गएका छैनन्। बजारतिर टाउकाेमा, साईकल र माेटरसाईकलमा राखेर लगेर टाेलटाेलमा बेच्नका लागि प्रहरीले लकडाउनमा कडाइ गरेकाे छ ।

लमही राजमार्ग बाटाेछेउमा बसेर बेच्न दिएकाे छैन। उद्योग वाणिज्य संघले लमही बगैचामा विक्रि गर्न सामाजिक दुरि राखेर क्षेत्र छुट्टयाइएको छ तर, लाईनमा बसि तरकारी किन्ने ग्राहक नै अाउदैनन, र विहान ९ बजेपछि बस्न पाईदैन त्यसैले किसान हरू त्यहा बस्न छाडेर लमही गढवा सडकखण्डकाे बलरामपुर गाउँ नजिकै बाटाेको छेउमा झुपडी बनाएर बेचिरहेको छन् ।

तरकारीले उचित पैसा र बजार नपाउदा फलेर कुहिन थालिसकेको छ। केही पैसा अार्जन हाेला भनेर दुख गरि फलाएकाे तरकारी विक्री नहुँदा मनमा निराशा पलाएको छ ।तरकारी बिक्री नहुँदा मल, बिउको पैसा तिर्न निकै समस्या परेको छ ।

लकडाउन लम्बिदै जाने र तरकारी बजार नपाए भाेकभाेक‌‌ै रहनुपर्ने हाेकी भनेर किसान चिन्तामा छन् । यतिबेला किसानको बारीभरी तरकारीले भरिएका छन् भान्टा, गाजर बाेडी,खरभुजा, टमाटर, भिन्डी, काँक्रा, करेलाले तरकारी बारी भरिभराउ छन्।

भारतबाट आउने तरकारी फलफूलमा आयात रोक्न पहल गरे पनि सरकारले स्थानीय उत्पादनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उचित कदम चाल्न सकेको छैन । एकातिर किसानको तरकारी कुहिएर खेर जाने अर्कोतर्फ उपभोक्ताहरुले हरियो तरकारी खान नपाउने स्थिति सृजना भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्