मतदातामा अपारको क्रेज



दिपक बोहरा, तुलसीपुर १७ मंसिर ।
तुलसीपुर १५ ड्वाङपुरका कौसिला चौधरीले बामगठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा‘अपार’को नाम रेडियोमा सुनिन् । उनले पत्रपत्रिका र रेडियोमा अपार सरल, ईमान्दार छन्, उनी कसैको बिरुद्धमा गलत कुरा गर्दै हिड्दैनन्, जति काम गर्न सक्छन्, त्यती बोल्छन्, भन्ने सुनेकी थिईन् । त्यस पछि चौधरीले भेटेर अपारको भाषण सुन्ने रहर गरेकी रहेछिन् । अपारलाई चुनाबी अभियानकै क्रममा त्यहाँ गए । उनी अपार आएको थाहा पाएर । कार्यक्रम स्थलमै गईन्, र भाषण सुनिन् । अरु नेता भन्दा फरक शैली, आबश्यकता भन्दा बढी नबोल्ने, ईमान्दार स्वभावका अपारप्रति उनी आकर्सित भईन् ।

त्यस्तै तुलसीपुर ९ बेलुवाका धनबिर केसीले अपारको भाषण पहिलो पटक सुन्ने अबशर पाए । उनले अरु उम्मेदवारको भाषण पहिले पनि सुनेका थिए । तर अपार र अन्य उम्मेदवारमा उनले निकै भिन्नता पाए । चुनाबको बेला उम्मेदवार आफ्ना प्रतिद्वण्द्वी प्रति आरोप प्रत्यारोप गर्ने गर्छन् । तर अपारले आफ्ना एजेण्डा सरल रुपमा प्रस्तुत गरे ।

उनले भने ‘राजनीतिक संस्कार अपारबाट सिक्नु पर्छ ।’ अहिलेका उम्मेदवारले अरुले गरेको कामलाई पनि आफुले गरेको भनी मतदातालाई झुक्याउने गरेका छन् ’ उनले भने ‘ त्यसरी अब मतदाता झुक्किने छैनन् ।’ अहिले त्यागी, योग्य, सच्चा उम्मेदवारलाई बिजय गराउने बताए । पटक पटक बिजय बनाएपनि बिकासको सिन्को नभाच्ने र चुनाब नजिकिदै गर्दा जनताको आँखामा छारो हाल्ने प्रबृति मतदाताले अन्त्य गर्ने उनले बताए । अहिले दाङमा अपारको क्रेज बढ्दै गएको छ । अपारको भाषण सुन्न पाउदा मतदाताहरु उत्साहित भएका हुन्छन् ।
अपारले बामपन्थीको सरकार आए ५ बर्षमै कायापलट गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । उनले हरेक क्षेत्रमा फरक फरक समस्या रहेको भन्दै कुन ठाउमा बढी समस्या के छ, त्यसलाई पहिलो प्राथामिकता दिने बताउने गरेका छन् । स्थायी सरकार निर्माण भई ५ बर्षमा बामपन्थीले सरकार चलाउन पाए यहाँका अधिकांस समस्या सामाधान भई सक्ने उनले बताउने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्