दोस्रो चरणमा ७० सिट जित्छौं -नेपाली कांग्रेस



सैघाली खबर,
काठमाडौ १७ मंसिर, । नेपाली कांग्रेसले दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले दाबी गरे ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १२८ सिट मध्ये कांग्रेसले ११८ सिटमा उम्मेदवारी दिएको छ । बाँकी १० सिटमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध अन्य दलहरुलाई सहयोग गरेको छ ।

कांग्रेसले सहयोग गरेका गठबन्धनका अन्य १० जना उम्मेदवारहरु पनि अग्रस्थानमा रहेको भन्दै संयोजक खाँडले सहजै बहुमत ल्याउने दाबी गरे । ‘१२८ क्षेत्रमा हामीले उम्मेदवारी दिएका ११८ मध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ खाँडले भने, ‘बाँकी हामीले सहयोग गरेका लोकतान्त्रिक गठबन्धनका १० जना उम्मेदवार पनि अग्रस्थानमा हुनुहुन्छ, हामी सहजै बहुमत ल्याउछौं ।’

पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको चुनावमा पनि कांग्रेस अग्रस्थानमा रहेको खाँडको दाबी छ ।

 

कांग्रेसभित्र एकता हुनु, वाम गठबन्धनमा नेता मिले पनि कार्यकर्तामा फुट आउनु, सबै क्षेत्रमा वामका उम्मेदवार नै नहुनु, सही ढंगले निर्वाचन परिचालन गर्न नसक्नुले कांग्रेसलाई सहज भएको संयोजक खाँडको भनाइ छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्