विकास माग्दै नाकाबासी



जनक नेपाली

राजपुर जेठ, २२ दिउसोको १२ बज्दै थियो राजपुर ७ सिक्टा स्थित जगंलमा स्थानिय सर्वसाधारण घुईचो देखिन्थ्यो । जेठको टन्टलापुर घाममा असिन पसिन भएका नाकाबासीलाई त्यसको कुनै प्रवाह थिएन । नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाले आयोजना गरेको चुनावी सभामा सहभागी भएका नाकाबासीले उपस्थित उम्मेदवारहरु संग विकासका योजना माग गरि रहेका थिए । जिल्लाको विकट क्षेत्रका रुपमा रहेको नाकाको विकास नहुदा सर्वसाधारणले निकै दुःख पाएको स्थानिय सर्वसाधारण बताउछन् । पुस्तानी नाका क्षेत्रमा विताय पनि हाल सम्म त्यस क्षेत्रको विकासका लागि कसैले चासो नदिएको राजपुर ७ भौवानाकाका प्रेमलाल बुढाले वताउनुभयो ।

Naka 2
भौवानाकामा अधिकासं गरिव, सुकुम्बासीको वस्ति रहेका कारण राजनितिकदले यस क्षेत्रका सर्वसाधारणलाई भोट बैङ्कको रुपमा उपयोग गदै आएको बुढाले वताउनुभयो । गाउँमा अहिले नि सर्वसाधारणका समस्या उस्तै छन् तर समाधानका लागि कसैले चासो दिदैनन् भन्नुभयो । दिनभर काम गरेर एक छाक जुटाउन नसक्ने मान्छे त्यही गाउँमै छौ तर उनिहरुको जिवन स्तर न गणतन्त्रले उठायो न नयाँ संविधानले सुनिश्चित ग¥र्याे उहाँले थप्नुभयो । बरु हामी पहाड बनेर नेपाली सिमा बचाएका छौ तर हामीलाई न सरकारले हे¥यो न हामीलाई यहाँका राजनितिकले वास्था गर्छन । हामी चुप लागेर बस्नु बाहेक हाम्रा अगाडी कुनै उपाय छैन भन्नुभयो ।

naka 3
गाउँमा अहिले नी शिक्षा,स्वास्थ्य संञ्चार, सडक, विद्युत्त, खानेपानी, यातायात कुराको नाकामा असुविधा रहेका कारण त्यसको व्यवस्थापनका लागि सबैले चासोदिनु पर्ने बुढाको भनाई छ । नाकाबासीका समस्यालाई एमाले,काग्रेस चुनावी नारामात्र बनाएको उल्लेख गर्दै त्यसका लागि उनिहरुले खासै काम गर्न नसकेको उहाँको भनाई छ ।

सुकुम्वासी समस्या हल गर्छाै  झाक्री

नेकपा माओवादी केन्द्र राजपुर गाउपालिका अध्यक्षका उम्मेदरवार श्याम झाँक्रीले नाकाक्षेत्रको सुकुम्बासी समस्या समाधान हल गर्ने वताउनु भएको छ । माओवादी केन्द्र निरन्तर जनताका पक्षमा लड्दै आएको वताउँदै स्थानिय चूनाव माओवादीले जिते पहिलो काम सुकुम्बासीलाई पूर्जा वितरण गरिने वताउँनुभयो । राजपुर गाउँपालिकाका अधिकासं सर्वसाधारण संस्कृति विश्वविद्यालयो जमिन चर्चेर बसेको वताउँदैै जग्गाको मोही स्थानिय किसानलाई जसरी भएपनि उपलव्ध गराई छाड्ने वताउनुभयो । स्थानिय जनताको पहिलो प्राथमिकतामा सुकुम्वासी समस्या हल गर्नै भएको वताउँदै त्यसका आफुलाई सहयोग गर्ने स्थानिय मतदाता संग आग्रह गर्नुभयो ।

Naka 4

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्