बाम – गठबन्ध विना अब देशको विकास सम्भब छैन 




सैघाली खबर

सल्यान, १७ मंसिर । पश्चिम सल्यानमा संयुक्त बाम गठबन्धनले चुनाबि सभा सम्पन्न गरेको छ । बन्गाड कुपिण्डे नगरपालिकाको सल्ली बजारको चुनाबि सभालाइ बाम गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् । प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा बिना बिभागीय मन्त्री टेक बहादुर वस्नेतले सभामा बोल्दै बाम गठबन्ध विना अब देशको विकास सम्भब नभएकोले आफुहरुको जीत आवश्यक रहेको बताउनुभयो । पार्टीको आधिकारीक लाईनमा नै मतदान गर्न बन्गाड अपिल गर्नुभयो ।यस्तै प्रदेशसभा सल्यान क्षेत्र नम्बर दुइका उम्मेदवार एमालेका केन्द्रीय सदस्य गुलावजंग शाहले सम्बोधन गर्दै चुनावी मैदानमा उत्रिएको वताउनुभयो । यस्तै नेकपा माओवादि केन्द्रका नेता रमेश मल्लले अति कष्ट र दुःखले गरिएको राजनीतिक परिवर्तनको उपलब्धि अब संस्थागत हुने विश्वास व्यक्त गर्दै आगामी दिन नेपालका लागी सुखद् रहने बताउनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्