वैद्य माओवादीको केन्द्रीय सदस्यसहित जिल्ला कमिटी माओवादीमा प्रवेश



सैघाली खबर,
चितवन १८ मंसिर। वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य शंकर सुवेदी, सुर्य बराल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं। ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रचण्डको सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष सुर्य बरालसहित डेढ दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

प्रवेश कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष सूर्य बरालले इतिहासको आवश्यकतालाई बोध गरेर समृद्द र समाजवादी नेपालको नेतृत्व प्रचण्ड नेतृत्वले मात्र गर्न सक्ने ठहर गरी पार्टी प्रवेश गरेको बताए ।

नव प्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबिर र खादाले स्वागत गरेका थिए । नव प्रवेशीहरुलाई सम्बोधन गर्दै अध्यक्षले ‘सही समयमा सही निर्णय गर्नुभएको’ भन्दै बधाई समेत दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्