गगन थापालाई लक्षित गर्दै पड्केको बम ‘किट्ली’, शंकास्पद २२ जना पक्राउ



सैघाली खबर,
काठमाणडौ १८ मंसिर।
कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको भन्दै प्रहरीले शंकास्पद २२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।

‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै खटेर पनि शंकास्पदलाई नियन्त्रण लिने काम गरिरहेको छ,’ एसएसपी धानुकले भने ।

प्रहरीले सो बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पड्काएको निष्कर्ष निकालेको छ।

त्यस्तै थापामाथि नजिकबाट प्रहार भएको सो बम किट्ली बम रहेको तथ्थ खुलेको छ।

बम डिस्पोजल टोलीले थापा रहेको २ मिटर टाढा बम पड्किएको जनाएको छ। अन्यन्त नजिकबाट बम पड्किदाँ थापासहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर रहेको शिक्षण अस्पताल महाराजंजले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्