दाङबाट करिब १२ सय भारतीय मजदूरहरुलाई नेपालगञ्जको जमुनाहा नाकामा पु-याइयो




काठमाण्डौँ, जेठ ८
दाङको इँट्टाभट्टामा काम गर्ने करिब १२ सय भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा पु-याएको छ । दाङको मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन, शुभम, सोनी, जेके, प्रविनलगायतका इँट्टाभट्टामा काम गर्ने १ हजार दुई सय ३३ भारतीय मजदुरलाई पहिलो चरणमा पठाइएको हो ।

दाङका विभिन्न इँट्टा उद्योगमा ५ हजार बढी भारतीय मजदूरहरु कार्यरत छन् । इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदूरहरुले घर फर्किन पाउनु पर्ने माग गर्दै पटक–पटक प्रदर्शन गर्दै आएका थिए ।

भारतीय सुरक्षा अधिकारीसँग कुरा भएपनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार नै बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छाडिएको हो ।

उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छाडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गएराति मात्रै एक हजार दुई सय ३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म पु¥याइएको छ ।

सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश नं. ५ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रविन्द्रप्रसाद धानुक दाङबाट नेपालगञ्ज गएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक धानुकले भारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्