सहारा बिहिन दम्पतीको पिडादायी कथा, जसको सहारा बनिन् सोनाली




टेकबहादुर पुन/दाङ्ग
बिचरा यी दम्पती । भत्किनै लागेको घरमा बस्छन् । सिटाको बार माटोले लिपेको घर, उत्तर पट्टिको भित्ता त झन ढलिसकेको छ । पानी पर्दा त्यही खुल्ला ठाउँ हुँदै पानी बगेर घरभित्रै पानी पानी हुन्छ । कति रात त उनिहरुले आँखा नचिम्लेरै रात गुजारे । आँखा चिम्लिउन पनि कसरी? हावा हुरीको बेग सँगै आउने पानीले घर ढलेर आफ्नै ज्यान निल्ने पो होकी भन्ने चिन्ता पनि त छ । आखिर प्राणी न हो, बाँच्ने रहर सबैको हुन्छ ।

दाङ्गको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी धनिराम चौधरी र दशनी चौधरीको दयनिय अबस्था कम्ती त छैन । त्यसैपनि गरिबिले थिचोमिचो पारेको छ । उमेरले पनि ६५ बर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन् न घर बनाउन नै ! उमेर भए त काम गरेरै भएपनि अर्को घर बनाउने साहास राख्थे होलान । तर, त्यो सम्भव नै छैन, किनकी उनिहरु लठ्ठीको सहारामा हिडंडुल गर्छन् ।

कमसेकम छोराहरु भएको भएपनि यी दम्पतीलाई बुढेसकामा यति कष्ट ब्यहोर्नु पर्थेन होला ! तर त्यो आस पनि रहेन । उनिहरुका छोरा नभएका पनि होईनन् । बिडम्बना ३ वटा छोराहरुको बाल्यकाल मै अकालमा मृत्यु भएको थियो । ३ वटी छोरीहरु लाई हेरचाह गर्दै उनिहरुको जीवन संघर्षमय बन्यो । बिस्तारै छोरीहरु हुर्कदै गए, ती दम्पतीको उमेर पनि ढल्कदै गयो । छोरीहरुको बिवाहको समय नजिकियो, उमेर पुगेपछी ३ वटै छोरीको कन्यादान पनि भयो । त्यस पश्चात् यी दम्पतीहरु एक्लै बस्दै आएका छन् ।

सबै छोरीको बिवाह भएपनि कान्छी छोरीले बेला बेलामा बाबा आमाको हेरचाह गर्थिन् । उनिहरुलाई पुग्ने रासन पानी आफ्नै घरबाट लिएर दिने गर्थिन । तर, उनले बाबा आमाको हेरचाह सधै गर्न सकिनन् । उनी भन्छिन बिबाह भईसकेपछी श्रिमाण र सासुकै दबावमा बस्नुपर्ने रहेछ, कस्तो बिडम्बना ।

तिनै दम्पतीका लागि लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर एक असल छोरीको रुपमा स्थापित भईन । समाजसेवी सोनालीले आफ्नो ब्यक्तीगत खर्चमा उनिहरुको लागी घर बनाई दिँदै छिन् । २ कोठे घरको निर्माण कार्य तिब्र रुपमा अघि बढेको उनले जानकारी दिईन । करिब १ लाख रुपैयाको खर्च लागतमा घरनिर्माण कार्य शुरु भएको हो ।

लमही नगर अन्तरगतका सम्पुर्ण वडामा राहात बितरण गर्ने अभियान अन्तरगत सोनाली वडा नम्बर १ नर्ति पुगेकि थिईन । त्यहाँ पुग्दा ती दम्पतीको दयनिय अबस्था देखेर उनले आफ्नो मनलाई थाम्न सकिनन् ।

अन्तत: घरै बनाईदिने निष्कर्समा पुगिन् । उनी भन्छिन उहाँहरुको अबस्था देखेर जो कोहीको पनि मन त रुन्छ नै । “आफ्नो मनलाई थाम्न नसकेर नै यो निर्णय लिए, अब त चाँडै घर निर्माण कार्य पनि सकिन्छ सोनालीले भनिन्-नया घरमा प्रबेश गराएर उहाँहरु सँगै एकछाक खाना खाने धोको छ ।”

ती दम्पती भन्छन सोनाली जस्ता सन्तान लाई जो कोही बाबा आमाले जन्म दिन सक्दैन । सोनाली पुन मगर कुनै धनाढ्य कि छोरी होईनन् तर उनमा एक विशाल हृदय अबस्य छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्