महिला स्वास्थ्य स्वयम सेविकाहरुको भन्छन ः‘निस्वार्थ सेवाको कदर गरेन राज्यले’



सैघाली खबर
दाङ, १९ मंसिर । निस्वार्थ सेवामा भावमा लागेको महिला स्वास्थ्यस्वयम सेविकाहरुको सेवालाई राज्यले कदर गर्न नसकेको महिला स्वास्थ्यस्वयम सेविकाहरुले गुनासो गरेका छन । १४ आंै स्वयमसेविका दिवसमा अबसरमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफुले गरेको निस्वार्थ सेवाको कदर अब राज्यले गर्नुपर्ने बताएका छन ।

महिला स्वास्थ्य स्वयम सेविका दाङले मंलगलार घोराहीमा आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविकाहरुले राज्यले अनुभवका एसईई पास गरेका महिलाहरु लाई अनमी पढने व्यवस्था, जीवन रक्षाका लागि जीवन विमा , सेवाको उचित परिश्रमिक र निरक्षर महिलाहरु सवालमा उनीहरुको वालवच्चाहरुको उचित शिक्षादिक्षाको व्यवस्था गरिनुपर्ने माग गरेका छन ।

म्हिला स्वास्थ्य स्वयम सेविका दाङकी अध्यक्ष धन जिसीको अध्यक्षता एंव घोराही उपमहानरपालिकाकी उपप्रमुख सीता न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख धनश्याम पोख्रेलको विशिष्ट आतिथ्यताका सम्पन्न कार्यक्रममा स्वास्थ्य स्वयम सेविका विष्ण आचार्यले हामीले गरेको स्वास्थ्यकर्मिको काम राज्यले प्रशंसा गरेको छ । तर हामीले गरेको कामको उचित मुल्याङकन गर्न नसक्दा महिला स्वास्थ्य स्वयम सेविकाहरुले राज्यवाट निरासता पाएको बताउनुभयो थियो । उहाँले भन्नुभयो– ‘ राज्यले महिला स्वास्थ्य स्वयम सेविकाहरु लाई सेवाको फल दिन सकेको छैन ।

उक्त कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपाने स्वस्थ्यगाउँ स्वस्थ्य समाज र स्वस्थ्य नानी र आमा निर्माणका लागि स्वयम सेविकाहरुले अतुल्यनिय सेवा र सहयोग गर्दै आईरहेको बताउदै प्रशंसा समेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘गाउँ जीवनरक्षमा स्वयम सेविकाहरुकै हातमा हुन्छ । ’ जो गाउँकै रक्षाका लागि दिनरात सेवाभावमा उभिएका हुन्छन ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला जनस्वास्थ्य अधिकृत धनश्याम पोख्रेलले स्वयम सेविकाहरु स्वस्थ्य समाज निर्माता हुन । समुदाय र समाजकै लागि निस्वार्थको भावनामा सेवकमा रुपमा सेवा पु¥याउदैछन । त्यो सेवाको कदर कतै न कतै वाट सम्वोधन हुनुपर्ने उहाँको जोड थियो ।

संस्थाकी सदस्य सीता विसीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालय दाङका नारायण घर्तिले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्