पुनर्वास नगरपालिकामा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम बिपत ब्यबस्थापन समितिको आकस्मिक बैठक सम्पन्न



देब राज गिरि, पुनर्वास – पुनर्वास नगरपालिकामा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम बिपत ब्यबस्थापन समितिको बैठक आज शुक्रबार बसेको छ ।

यस बैठकले कोभिड १९ लाई पुनर्वास नगरपालिकामा फैलन नदिनका लागि के कस्ता कदम चाल्न सकिन्छ र लकडाउनलाई थप कडा कसरी बनाउने भनी महत्त्वपूर्ण विषयमा छलफल भयको थियो ।

७ गते बसेको बैठकले पुनर्वास नगरपालिकामा नेपाल बाहिरबाट आउनेको संख्या दिनप्रतिदिन बढीरहेकोले हरेक वडाको एक एक सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने निर्णय गरेको भयता पनि केही वडाका स्थानीयले विरोध गरेको हुँदा सम्बन्धित वडाका स्थानीयलाई वडा समितिको पहलमा सम्झाईबुझाई गरि क्वारेन्टाइन स्थल तयारी अबस्थामा राख्ने, लकडाउन खुकुलो भई सर्वसाधारणको आवतजावत बढेकाले सुरक्षाकर्मिलाई अनुरोध गरि लकडाउनलाई कडा पार्ने, केही वडामा दोस्रो चरणको राहत वितरण बांकी रहेकोले त्यस्ता वडामा वडा समितिलाई अनुरोध गरि राहत बितरण गर्ने, सामुदायिक बिद्यालयमा यदि क्वारेन्टाइन अपुग भयमा निजि विद्यालयका संचालकहरुलाई क्वारेन्टाइन प्रयोजनका लागि भवन उपलब्ध गराउनका लागी अनुरोध गर्ने, हरेक वडाका क्वारेन्टाइनका लागि कृषि शाखा मार्फत एक एक वटा स्प्रे टंकी उपलब्ध गराउनका लागि अनुरोध गर्नुका साथै हालसम्म खाद्यान्न, हार्डवेयरका साथै केही पसलहरु हरेक दिन विहान १० बजेसम्म खुलिरहेकोमा त्यसलाई अब उप्रान्त बिहान ६बजे देखि ८ बजेसम्ममात्र खुल्न दिने र निर्माण तथा खाद्यान्न सामाग्री बोक्ने सवारी साधनहरुलाई बिहान ६ बजे देखि ८बजे सम्म र बेलुका ७ बजे देखी ९ बजे सम्म मात्र चल्न दिईने जस्ता महत्त्वपूर्ण निर्णयहरु आजको बैठकले गरेको छ ।

बैठक पछि बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले – “कोरोना भाईरस विरुद्धको लडाईमा आम जनसमुदाय, सुरक्षाकर्मी, पत्रकार र स्वास्थ्यकर्मी बाट सहयोग र समर्थन प्राप्त भईरहेको र आगामी दिनमा पनि यस्तै साथ र समर्थन प्राप्त भईरहने आशा व्यक्त गर्नुभयो ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्