राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या दिनानुदिन बढ्दै, एकै दिनमा



ओमप्रकाश गुप्ता सिसहनियाँ ९ जेठ । भारत र जिल्ला बाहिरबाट अाउने व्यक्तिहरूले राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । शुक्रबार भारत र कपिलवस्तुबाट अाएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट अाएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरि २९ जनालाई बाल कल्याण अाधारभुत विद्यालय पहरूवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै गरि भारतबाट अाएका वडा नम्बर ४ का २० जनालाई मावि माैरीघाटको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यस्तै भारतबाट अाएका वडा नम्बर १,३ र ४ का १ महिला र १३ पुरूष गरि १४ जनालाई नवप्रतिभा अाधारभुत विद्यालय पाखापानीको क्वारेन्टाइनमा, भारतबाट अाएका वडा नम्बर १ का २ पुरूष र २ महिला गरि ४ जनालाई नेपाल राष्ट्रिय मावि भालुवाङको क्वारेन्टाइनमा र भारतबाट अाएका वडा नम्बर ५ र ७ का २ पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चाैकीमा स्वास्थ्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यसै बिच बिहीबार मात्रै भारतका विभिन्न ठाउँबाट अाएका ४४ जनालाई राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा भर्ना गरिएको छ । जसमा ऐरावती अादर्श बहुमुखी क्याम्पस लालमटियामा वडा नम्बर २ का २ जना पुरूष,सर्वोदय मावि सिसहनियाँमा वडा नम्बर ५ र ७ का २ पुरूष,नवज्योती अाधारभुत विद्यालय सिरिचाैर मसुरीयामा वडा नम्बर ३ का १ जना पुरूष र अादर्श नमुना मावि लालमटियामा वडा नम्बर ९ का ३९ जना पुरूषलाई भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्