मकैमा गलत औषधि प्रयोग नगर्न कृषि ज्ञान केन्द्र नुवाकोटको आग्रह




नुवाकोट, जेठ १०
नुवाकोटको अधिकांश क्षेत्रमा लगाईएको मकैमा अमेरिकन फौजी किरा फैलिए संगै कृषकहरुमा बालि बिग्रने चिन्ता बढेको छ । मकैमा उक्त किराले प्रकोप कै रुप लिए संगै कृषकले विभिन्न किसिमका औषधिहरु प्रयोग गर्न थालेका छन् । तर कृषि ज्ञान केन्द्र नुवाकोटले भने गलत औषधिको प्रयोग नगर्न आग्रह गरेको छ ।

शनिवार केन्द्रका कृषि अर्थ विज्ञ विशाल ढकालले विदुर नगरपालिका वडा नं ५ को पिपल्टार र माझिटारमा स्थलगत निरिक्षण गर्दै उक्त किराको टाउकोमा अंग्रेजि अक्षरको उल्टो y र पछाडी पट्टि चार वटा स-साना थोप्ला भएको खण्डमा सो किरा अमेरिकन फौजी किरा हो भनी बुझ्न कृषकहरुलाई सुझाव दिएका छन् । यस जातको किराले अत्याधिक मात्रामा बच्चा उत्पादन गर्ने र धेरै ठाउँमा फैलिने भएकाले समयमा नै त्यसको अन्त्य गर्नुपर्ने उनले बताए ।

किरा नियन्त्रण गर्न कृषकले धेरै थरिको औषधि प्रयोग गरेको तर सबै ठाउँमा एकै किसिमको किरा देखिएकाले क्लोरान्ट्रानिलिपोल वा अल्कोरा
( Chlorantraniliprol or alchora )र emamectine benzoate औषधि प्रयोग गर्न केन्द्रले अनुरोध गरेको छ । उक्त औषधि १ मिलीलीटर प्रति ३ लिटर पानीमा प्रयोग गर्नुपर्ने हुन्छ । वाग्मति प्रदेश अन्र्तगतको कृषि ज्ञान केन्द्रले नुवाकोट र रसुवालाई कार्य क्षेत्र बनाई काम गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्