बिपन्न बस्तिमा राहत दिन पुगेका अभियनता जोडी सम्मानित भएर घर फर्के



महेश सिंह सिरहा १३ जेष्ठ । सिरहाको लहान नगरपालिका वडा नम्बर –२३ मा ५० घर बिपन्न परिबारलाई राहत बितरण गरेको छ । गाढा टोलका मल्लिक , सदा , चौधरी लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएका हुन । हिजो वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार हरुलाई राहत बाडेका थिए । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । राहत अभियनता जोडीले नेपालमा जबसम्म लकडाउन रहन छ तब सम्म हामी राहत बा डने कार्य निरन्तर चलिरहने छ नेपाल महिला संघका केन्द्रिय सदस्य संगिता कर्माचार्य सो कुरामा जोड दिनु भयो । अहिले सम्म दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीले बताए । लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी महेश र संगिता की जोडीले बताए । हाल सम्म करिब दुई हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको अभियान ता जोडी बताउनु भयो । मानबसेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हो धार्मिक बिश्वास रहेको राहत वितरणमा जोड दिनु भएको छ । महेश र संगिताले गरिरहेको कार्यको प्रसंसा सिरहा लगायत नेपालमा चर्चाको विषय बनेको छ । आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै उनिहरु सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापती दिनेश्वर प्रसाद गुप्ताका आमा वुवाबाट उनिहरु सम्मानित भएको हो । अन्दाजी ७३ बर्षिय प्रमेश्वर साहु बनीया र ७० बर्षिय पार्बती देबी बनिया बाट अभियनता जोडी सम्मानित भएको उनका कान्छो छोरा पत्रकार बिरेन्द्र नेपालले बताए । गम्छा ओढाएर उनिहरुले महेश र संगिता की जोडी लाई सम्मान गरेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्